माघ १२ गते । आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।
आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा शिक्षकलाई सर्लाही बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ घर का ४२ वर्षीय रबीन कार्की रहेका छन् । उनी हरिवन नगरपालिका १० क्याम्पस टोलस्थित रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक हुन् ।
घरमा कोही नभएको मौका छोपेर गएको बुधबार सोही विद्यालयकी किशोरीको घर पुगेर उनले बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो।पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक अनिल गिरीले जानकारी दिए । उनका अनुसार बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी कार्कीमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

















Discussion about this post