गिरिजानन्द/जनकपुरधाम/पुस ७ गते। लायन्स क्लब जनकपुरधाम, लायन्स क्लब जनकपुरधाम गार्गी को आयोजनामा तथा लियो क्लब जनकपुरधाम को सहयोगमा शनिबार जनकपुरधाम -८ रत्नसागरमा अवस्थित जनक छात्रावासमा रहेका विद्यार्थीहरुका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ।

सो कार्यक्रममा जनक छात्रावासमा रहेका विद्यार्थीहरुका लागि खाद्यान्न सामाग्रीहरु चामल ३२० किलो,चना दाल ५० किलो,रहर दाल २५ किलो,चाउचाउ २ कार्टुन,टेस्टी बिस्कुट २ कार्टुन,प्याज-२० किलो, आलु-५० किलो र चिउरा-१० किलो हस्तान्तरण गरिएको लियो क्लब अफ जनकपुरधाम को अध्यक्ष विकास साह ले जानकारी दिएका छ्न।
कार्यक्रममा लायन्स क्लब जनकपुरधाम का का सदस्य र पदाधिकारीहरु लायन्स क्लब जनकपुरधाम गार्गि का सदस्य र पदाधिकारीहरु लियो क्लब अफ जनकपुरधाम का सदस्य र पदाधिकारीहरु र जनक छात्रावास का अध्यक्ष कृष्ण दीक्षित को उपस्थित रहेको थियो।























Discussion about this post