गिरिजानन्द/जनकपुरधाम/पुष २ गते । रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा रल्बे स्टेसन स्थित श्री महाबीर मन्दिर को आयोजना र लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको सहयोगमा श्री महाबीर मन्दिर रेलवे स्टेशनमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर संचालन गरिएको छ । सो शिविर आइतबार बिहान १० बजे देखि बेलुका १० बजे सम्म बाट झण्डै ४ हजार भन्दा बढी श्रद्धालुहरुले भोजन गरेका छ्न । साथै स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन ।
महोत्सवमा पाल्नु हुने श्रद्धालुहरुको स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्न आफनो पहलबाट यस खालका शिविर सञ्चालन गर्दै आएको लियो क्लब अफ जनकपुरधामका अध्यक्ष विकाश साहले बताएका छ्न ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका श्रद्धालुहरुकोे स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्षेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाएका छ्न । बिरामीहरुलाई झण्डै लाखौं मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको विकाश साहले जानकारी दिए ।

रामजानकी विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी सरकारी र गैर सरकारी संघ संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन शिविर, आवास व्यवस्थापन , शौचालय र सूचना केन्द्र संचालनमा ल्याईएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदै छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । महोत्सवमा लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुर पुगेका छन ।






















Discussion about this post