गिरिजानन्द/मंसिर १७ गते। लियो सप्ताहको आज तेस्रो दिनको कार्यक्रम अन्तर्गत लियो क्लब अफ जनकपुरधामद्वारा निशुल्क नास्ता वितरण गरेको छ ।

निशुल्क नास्ता वितरण कार्यक्रम प्रादेशिक अस्पतालका जनकपुरधामका विरामी कुरुवाहरु र नगरका विभिन्न ठाउँमा बाटो हिड्ने बटुवा,सडक बालबालिकाहरु र रिक्सा चालकहरुलाई गरिएको हो ।

जानकि मन्दिर,राम मन्दिर,संकट मोचन मन्दिर,जनक चौक,भानु चौक,स्टेशन एरिया र मुरली चौकको स्थानहरुमा बाटो हिड्ने बटुवा,सडक बालबालिकाहरु र रिक्सा चालकहरुलाई २०० प्याकेट नास्ता निशुल्क वितरण गरिएको लियो क्लब अफ जनकपुरधामको अध्यक्ष विकाश साहले जानकारी दिएका छ्न।

लियो क्लब अफ जनकपुरधामको सक्रियतामा सामाजिक एवं स्वास्थ्य तथा विभिन्न क्रियाकलापका कार्यक्रमहरु जनकपुरधाम क्षेत्रभित्र र आसपासका क्षेत्रहरुमा विभिन्न समयमा निरन्तर हुँदै आइरहेको छ । लियो सप्ताह अन्तर्गत दोस्रो दिन हिजो जानकी मन्दिरको प्राङ्गणमा निशुल्क दन्तशिविर संचालन गरिएको थियो।


















Discussion about this post