सिरहा/मंसिर १७ गते। सिराहाबाट स्रोत नखुलेको ८ लाख नगदसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बडियारपट्टी गाउँपालिका २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा फिराेजलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे ।
उनको साथबाट स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।
आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ ।

















Discussion about this post