गिरिजानन्द/कार्तिक ४ गते । नव मिथिला फाउन्डेसनले आयोजना गरेको जनकपुर झिझिया फेस्टिभलले जनकपुरधामलाई झिझियामय बनाएको छ। कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थितले उत्साहमय माहोल बनाएको थियो।
शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशन प्राङ्गण झिझियामय बनेको हो । कार्यक्रममा बिस्तारै लोप हुदै गइरहेको लोक नृत्य र लोक गायन नृत्य हेर्न ठुलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको सुरुबार लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा बाट भएको थियो । उक्त कार्यक्रममा सुनिल कुमार मल्लिक,राम भरोस कापडी,राम नारायण ठाकुर र शान्ति सदा वक्ताहरु रहको थियो भने कार्यक्रम संचालन पत्रकार प्रतिभा झा ले गरेका थिए ।

जनकपुर झिझिया फेस्टिभलमा मिथिला संस्कृतिलाई झल्काउने रंगीबिरंगी पहिरनमा सजिएर जनकपुरधाम र आसपासका गाउँहरु बाट आएको टोलीहरूले झिझिया नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमको समापन सामुहिक झिझिया नृत्य बाट गरिएको थियो।
नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै र यस वर्षदेखि नयाँ प्रयासको रुपमा ‘जनकपुर झिझिया महोत्सव’आयोजन गरेको हो ।

















Discussion about this post