हिन्दू धर्ममा प्रत्येक तिथि, बार र दिनको विशेष महत्त्व छ । एकादशी नेपाली समजमा निकै सम्मानित दिन हो । जुनै सम्प्रदाय र इष्टप्रेमी हुन । एकादशीको आफ्नो बेग्लै प्रेम र आस्था नेपाली समजमा छ । आज म परमा एकादशीको कथाको माहात्म्य, व्रत तथा पूजन बिधि र कथाको सारांश यहाँहरू समक्ष केही जानकारी प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
परमा एकादशी माहात्म्य
अधिकमास वा पुरुषोत्तम मासमा पर्ने एकादशी परमा, कमलानामले प्रसिद्घ छिन् । आश्विन २७ गते मंगलबार अधिक आश्विन कृष्ण पक्षमा पर्ने परमा एकादशी नामले प्रसिद्ध छिन् । यस एकादशीको छुट्टै महत्व छ किनकी यो मात्रै यस्तो एकादशी हो जुन मनुष्यहरू उद्धार गर्नको लागी यस एकादशीमा नियमपूर्वक भक्तिभावले व्रतपूजा, भजनगर्नाले सबै भुक्तीमुक्ती र मोक्ष लाभभई वैकुण्ठमा वास हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
एकादशी व्रत तथा पूजाविधी
परमा एकादशीको सनातनधर्ममा विशेष महत्व छ । यस एकादशीको दिन श्रद्धा भक्ति र नियमपूर्वक व्रत गर्नाले सबै किसिमका पापबाट मुक्त भइ भगवान विष्णुको विशेष कृपा मिल्दछ ।
१. यस दिन विहान सवेरै (ब्रह्ममुहूर्तमा उठी शौच, लघुशंङ्का,दीर्घङ्का गरी दतिवन (दन्तधावन) गरेर मुख प्रक्षालन तथा स्नानादी कार्य सकेर शुद्धवस्त्र पहिरी तिलक लगाउने ।
२. चन्दनको तिलक लगाउँदा भन्ने मन्त्रः ॐ नारायणाय विद्यहे वासुदेवाय धीमहितन्नो विष्णुः प्रचोदयात । श्रीतिलक लगाउँदा भन्ने मन्त्रः ॐ महादेव्यै च विद्यही विष्णु पत्नै च धीमहितन्नो लक्ष्मीप्रचोदयात् भनेर तिलक लगाइ गायत्रीलगायत सबै जपध्यान–सन्ध्या गर्ने । फेरि म यस एकादशीव्रत नियमलाई पूर्ण रूपमा भक्तिपूर्वक पालन गर्दछु भनी प्रतिज्ञा गर्ने ।
३. भगवानको नाम पुरुषोत्तम नारायण ! पुरुषोत्तम नारायण ! पुरुषात्तम नारायण भन्दै पूजाकोठामा गएर भगवानलाई जागा गराउने मन्त्र– कौशल्या–सुप्रजाराम ! पूवसन्ध्या प्रवर्तते । उत्तिष्ठ नरशार्दुल ! कर्तव्यं दैवमान्हिकम् ।। उत्तिष्ठोतिष्ठगोविन्द ! उत्तिष्ठ गरुडध्वज । उत्तिष्ठ कमलाकान्त ! त्रैलोक्यं मङ्गलं कुरु ।।
४. शालिग्राम भगवानलाई शौच, दतिवन गराउने । त्यसपछि गंगाजलद्वारा स्नान गराउने पाद्यम्, अध्र्यम्, आचमनीयम्, पुनः आचमनीयम् पञ्चामृतम्, शुद्घोदकमादिले स्नान गर्ने ।
५. पञ्चामृतद्वारा स्नान गराइ सफ्mा कपडा (रुमाल)ले पुछि चन्दन र श्रीखण्डले सिँगारी ध्यानगर्ने, तुलसीदल–मञ्नरीले अर्चन गर्ने वस्त्रयुग्मम्, उध्र्वपुण्ड्रान्, यज्ञोयवीतम्, दिव्यश्रीचन्दनम्, सर्वाभरणालङ्कारान्, धुपम्, दीपम्, बालभोगम्, राजभोगम् भगवानलाई लगाउदा ७ वटा तुलसी दल प्रसादमा राखेर भगवानलाई भोग लगाउदा भन्ने मन्त्र–
नमः ॐ महाविष्णवे नमः ॐ हरये नमः कृष्णाय नमः ॐ सद्योजातायनमः केशवायनमः ॐ माधवाय नमः ॐ रामाय नमः ॐ अच्युताय नमः ॐ पुरुषोत्तमाय नमः ॐ गोविन्दाय नमः ॐ वामनाय नमः ॐ श्रीसंकर्षणाय नमः ॐ श्रीकण्ठाय नमः ॐ विश्वसाक्षिणे नमः ॐ नारायणाय नमः ॐ मधुरिपवे नमः ॐ अनिरुद्घाय नमः ॐ त्रिविक्रमाय नमः ॐ वासुदेवाय नमः ॐ जगद्योनये नमः ॐ अनन्ताय नमः ॐ शेषशावयने नमः ॐ सङ्कर्षणाय नमः ॐ प्रद्यम्नात्यनमः ॐ दैत्यारये नमः ॐ विश्वतोमुखाय नमः ॐ जनार्दनाय नमः ॐ धरावासायनमः ॐ दामोदरायनमः ॐ मुरमर्दनायनमः ॐ नमः ॐ श्रीपतये नमः । भनि दक्षिणा सहित उत्तम ब्राह्मणलाई पूजा गरेर प्रसाद दिने भगवानलाई ३३ ओटा मालपुवा चढाउने रात्रिमा भजन कीर्तन गर्दै जागरण वस्ने र भोलीपल्ट स्नान गरी भगवान शालिग्रामको पूजा गरी ब्राह्मण तथा भान्जा–भान्जीलाई भोजन गराई आफ्नो परिवार सहितआफूले पनि नबोली भोजन गर्ने ।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)





















Discussion about this post