श्रावण ६ गते। नहरमा डुबेर बालिकाको एक मृ त्यु भएको छ।
रौतहटको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर शनिबार एक बालिकाको मृ त्यु भएको छ । अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ ।
बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको वाग्मती सिँचाइ आयोजनाको नहरको छेउमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ डुबेका थिए ।
राजकुमारकी छोरी शिवानीलाई स्थानीय अशोक साहले नहरबाट सकुशल उद्धार गरी बाहिर निकालेको थियो । परमेश्वरकी नातिनी शिवानी भने बेपत्ता भइन् । घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको टोली खोजीमा खटेको थियो । राति अबेरसम्म पनि बेपत्ता शिवानी फेला परिनन् ।
प्रहरी निरीक्षक सापकोटाले हराइरहेकी शिवानीको खोजतलास गर्दै जाँदा बेपत्ता भएको स्थानभन्दा ६ किलोमिटर दक्षिण वृन्दावन नगरपालिका–६ स्थित नहरमा मृत अवस्थामा भेटिएको बताए । ‘हामीले राति अबेरसम्म बालिका शिवानीको खोजतालास गरेका हौं,’ उनले भने, ‘बालिका बगाएर पर लगेको रहेछ । बिहान मृत अवस्थामा फेला पार्यौं ।’ मृतक शिवानीका बुबा शंकर साह हाल भारत जिल्ला सीतामढी नन्दबारा बस्छन् ।















Discussion about this post