असार ६ गते। एक महिलाको भारतको गुजारातमा ह त्या भएको छ।
डोटी जिल्लाको शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको ह त्या भएको हो ।
उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी श्रीमान् अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । उनका श्रीमान् कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए ।
उनका अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बला त्कारपछि लक्ष्मीको ह त्या गरेको भनेर प्रहरीले बताइरहेको छ । प्रहरीले तिनै आरोपितलाई प क्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् ।





















Discussion about this post