असार २ गते। नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित प क्राउ परेका छन्।
घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले कावा अध्यक्ष कवडिया पक्राउ परेको सुनेको नेपाल प्रेसलाई बताए ।
‘यो विषय सुनेर अध्यक्षलाई फोन गरेको थिएँ, तर उहाँको मोबाइनल अफ रहेछ, सायद बाहिर गएर नै कार्यबाहक दिनुभयोहोला, २ दिनयता कार्यबाहक पाएको सुनेको छु, अहिले सबै अख्तियारी वडामै भएकाले धेरै जानकारी हुँदैन, पक्राउ परेको विषय मैले पनि सामाजिक सन्जालबाट जानकारी पाएको हुँ’– उनले भने ।





















Discussion about this post