सप्तरी । २०७७ साल भाद्र ३० गते डाक्नेश्वरी नगरपालिका–७ मा भएको एक सामुहिक बला त्कार र पिडित बालिकाद्वारा आत्मह त्या गरको घटनालाई मिलापत्र गरेको भन्दै अदालतले जरिवाना तथा कैद सजाय तोकेका वडा अध्यक्ष शत्रुधन मंडलको पद अझै कायमै रहेको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित सामुहिक बला त्कारको घटना पञ्चायती द्वारा मिलाउन पञ्चको रुपमा भुमिका निर्वाह गरेकोहरुलाई जिल्ला अदालत राजविगराजले कैद तथा जरिवाना सजाय तोकेको छ ।
सजाय पाएका जनप्रतिनिधीले कैद भुक्तान वा उच्च निकायवाट पूर्णरुपले सफाई नपाए सम्म लाभहुने कु्नै पनि पदमा बस्न नपाईने कानूनी व्यवस्था छ । स्थानिय निर्वाचन ऐनको दफाहरु वमोजिम स्थानिय जनप्रतिनिधिले फौजदारी अभियोगमा सजाय पाईसकेपछि सजायको भुक्तान नभएसम्म जनप्रतिनिधि भएर कुनै पनि काम कारवाहि गर्न पाईने छैनन ।
२०७९ पुस १८ मा वडा अध्यक्ष मंडललाई एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना भएको सप्तरी जिल्ला अदालतका रजिष्ट्रार कुमार मास्केले जानकारी दिए । सजाय पाएका वडा अध्यक्ष उच्च अदालत जनकपुर , राजविराज ईजलासमा पुनरावेदन गरेको छ । अधिबक्ता डोमन साहका अनुसार पुनरावेदन गरेपनि मुद्दाको अन्तिम किनारा नलागे सम्म पदमा बस्न नपाईने व्यवस्था रहेको छ ।
वडा अध्यक्ष मंडल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिला पिडकलाई सजाय दिलाउनु को साटो पञ्चायतीको माध्यमले पिडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न उनी पञ्चको रुपमा खटेको पाइएको प्रहरीको भनाइ छ ।
न्यायिक समतिमा पनि जानकारी
डाक्नेश्वरी नगरपालिकामा रहेको न्यायिक समिति र वडा अध्यक्षहरुको कार्य सम्पानलाई जिल्लाका न्यायधिसले अनुगमन गर्न गएको वेला पनि वडा अध्यक्षहरुको कैद सजायको वारेमा कुरा उठेको थियो ।
सप्तरी जिल्ला अदालतका माननिय न्यायधिश रमेश प्रसाद ज्ञवालि रजिष्ट्रार केदार माक्से लगायतको टोलिले कार्य सम्पादनका विषयलाई लिएर अनुगमन गरिरहेका वखत वडा अध्यक्षहरुले फौजदारी अभियोगमा सजाय पाएपछि निलम्बन रहने कानूनी व्यवस्था रहेका बताएका थिए ।
न्याधिस ज्ञावलिले न्यायिक समिति तथा वडा अध्यक्षहरुले जनतालाई दिईरहेको सेवाको विषयमा समेत जानकारी लिएको थियो ।उनिहरुले अदालतले दिएको आदेशलाई नगरपालिकाले कार्यान्व्यन गराउनु पर्ने जानकारी समेत दिएको छ ।
कार्यपालिका पनि चुप
वडा नम्बर ७ का वडा अध्यक्ष शत्रुधन मंडलले फौजदारी अभियोगमा सजाय पाएको जानकारी हुदा पनि नगरप्रमूख रामलखन मलाह सहितका कार्यपालिकाका सदस्यहरु चुप लागेर बसेका छन ।
कानूनि व्यवस्था अनुसार वडा अध्यक्षले नगरपालिकाको स्रोत गैरकानूनी रुपमा प्रयोग गरिरहेको छ । सजाय पाउका जनप्रतिनिधीले नगरपालिकाको काम कार्वाहि गर्न नसिके अधिवक्ताहरु बताउछन ।
पालिकाको जनप्रतिनिधीलाई सजाय भएपछि त्यसको कार्यान्वयन तथा जिम्मेवारी वारे निर्णय गर्ने अधिकार कार्यपालिका संग रहेको कानूनका जानकारहरु बताउछन । तर कार्यापालिकाले हाल सम्म अदालतको आदेशलाई कार्यान्वयन गराउन नसकेको जसपाका नेता प्रमोद यादवले बताए । नगर प्रमूख मलाहले आफुहरुलाई अधिकारिक पत्र कतै वाट नआपछि आदेश कार्यन्वयन हुन नसकेको बताए । अधिकारिक पत्र प्राप्त भए लगतै कार्यपालिकाले बैठक बसेर आदेश कार्यन्वय गराउने प्रतिबद्धता व्यक्त गरे ।-माई सञ्चार बाट साभार
















Discussion about this post