nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एसईईमा लेखिदिएवापत लिन्छन् एउटै विषयको ३ हजारसम्म

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, १२:११ मध्यान्ह
जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

चैत २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा  १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा थियो । अनुपस्थित भएका विद्यार्थी खुला शिक्षा अन्तर्गतका परीक्षार्थी रहेको शिक्षा समन्वय इकाई  मोरङका प्रमुख ट‌ंक गौतमले बताए  ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले भने पाँच वटा परीक्षा केन्द्रमा २४८ जना परीक्षार्थी  अनुपस्थित भएको बताए ।

बिहीबार सामाजिक अध्ययनको परीक्षाको दिन प्रहरीले तीन वटा परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेको घटना बाहिर आएपछि जनता माध्यमिक विद्यालय सुन्दरहरैचा, सरस्वती माध्यमिक विद्यालय ग्रामथान,  सार्वजनिक माबी  केराबारी, सूर्योदय मावि कदमाह  र सरस्वती माध्यमिक विद्यालय दादरबेरिया परीक्षा केन्द्रमा खुला तर्फका थप १७९ परीक्षार्थी अनुपस्थित भएका हुन् ।

अर्काको नाममा परीक्षा दिने पक्राउ परेपछि नक्कली परीक्षार्थी पक्राउ पर्ने डरले परीक्षामा सहभागी नभएको प्रहरीको आशंका छ ।

प्रहरीले ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बिहीबार ५२ जनालाई पक्राउ गरेको थियो । सो परीक्षा केन्द्रबाट परीक्षा दिने नरग्राम माध्यमिक विद्यालयका विद्यार्थी पक्राउ परेका हुन् ।

केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १२७ जनालाई पक्राउ परेका थिए । उनीहरु मच्छिन्द्र मावि केराबारीका विद्यार्थी हुन् । सुन्दरहैंचाको जनता माविबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरु मृगौलिया माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

मोरङमा सात वटा विद्यालयमा खुला शिक्षा अन्तर्गत विद्यार्थी भर्ना गर्न पाउँछन् । खुला शिक्षा अन्तर्गत परीक्षा दिनका लागि कक्षा ८ पास गरेको तीन वर्षपछि मात्रै भर्ना हुन पाइन्छ ।

खुला शिक्षाको स्वीकृति लिएका सात वटा विद्यालयलले निजी इन्ष्टिच्युटसँगको सहकार्यमा विद्यार्थी भर्ना गर्ने गरेको पाइएको शिक्षकहरु बताउँछन् ।

निजी इन्ष्टिच्युटले विद्यालयसँगको मिलेमतोमा पास गराउने सर्तसहित परीक्षा फर्म भरेकासँग महङ्गो शुल्क लिने  र परीक्षार्थीको प्रवेश पत्रको फोटो फेरेर नक्कली परीक्षार्थी पठाउने गरेको एक शिक्षकको दाबी छ ।

‘यो धन्दा पुरानो हो, अहिले पक्राउ परेपछि घटना बाहिर आयो’, ती  शिक्षकले भने, ‘खुला शिक्षाको परीक्षा लेख्न इन्ष्टिच्युटले विद्यार्थीलाई  बस रिजर्भ गरेर पठाउँछ  ।’

त्यसरी परीक्षामा लेख्ने काम गर्नेले एउटा परीक्षा लेखेको एक हजार पाँच सयदेखि तीन हजारसम्म लिने  गरेको देखिएको प्रहरी स्रोत बताउँछ । खुला शिक्षा सञ्चालनको अनुमति लिएका  मोरङका सात विद्यालयमा १ हजार ३२ जना  परीक्षार्थी थिए ।

बुधबार सरस्वती माविमा परीक्षार्थीको प्रवेशपत्रमा फोटो शंकास्पद भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ती परीक्षार्थी  मार्फत अनुसन्धान सुरु गरेको प्रहरीले बिहीबार तीन वटा केन्द्रबाट फोटो फेरेका १९९ जना परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दाहालले बताए ।

परीक्षा रद्ध

शिक्षा समन्वय इकाई मोरङ मोरङका प्रमुख गौतमले नक्कली परीक्षार्थीले लेखेको सबै परीक्षा रद्ध गरिने बताए ।  आजसम्म ६ वटा विषयको परीक्षा भएको छ ।

नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेकाहरुले लेखेको नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षाको उत्तरपुस्तिका रद्ध हुनेछ । यो परीक्षामा सक्कली परीक्षार्थीले पनि सहभागी हुन पाउदैनन् ।

‘हिजो २०० नक्कली देखिए,  आज १७९ जना अनुपस्थित थिए भए’, उनले भने, ‘आज अनुपस्थित नभएका परीक्षार्थीका विषयमा पनि छानबिन हुन्छ  ।’ पक्राउ  पर्ने डरले नक्कली परीक्षार्थीहरु अनुपस्थित भएको हुनसक्ने उनले बताए ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!