काठमाडौं/चैत ११ गते । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा १० जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
यस्तै, वेदप्रकाश खरेललाई सल्यान, मदन कोइरालाई प्यूठान, रामकुमार महतोलाई जाजरकोट र थानेश्वर गौतमलाई धनकुटाको सिडिओ बनाइएको छ ।






















Discussion about this post