nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

होलि पहाडी क्षेत्रमा आज,तराई मधेशमा भोलि,मिथिलाञ्चलमा पर्सी मनाइदै अनेकौं शैली, रोचक किंवदन्ती

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २२, २०७९, ९:३५ मध्यान्ह
होलि पहाडी क्षेत्रमा आज,तराई मधेशमा भोलि,मिथिलाञ्चलमा पर्सी मनाइदै अनेकौं शैली, रोचक किंवदन्ती

फागुन २२ गते । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ । फागु, होली जस्ता नामसँगै यसलाई रंग र अबिरसँगै स्थानपिच्छे मनाउने फरक फरक शैलीहरु छन् भने यसको सुरुवात कसरी भयो भन्ने अनेकौं रोचक किंवदन्तीहरु पनि प्रचलित छन् ।

नेपालको पहाडी र हिमाली क्षेत्रमा सोमबार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने मंगलवार मनाइँदैछ । असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ ।

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन् । तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन् । काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दुःख दिइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाण्डौं र उपत्यकाको होली


रमाइला नेपाली पर्वहरूमध्येको एक पर्व होली यसपाली सोमबार पहाडी क्षेत्रमा मनाइएको छ र मंगलबार तराई क्षेत्रमा मनाइने छ । बालबालिका देखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता नेपालको विशेषता हो ।

वैमनस्य त्यागेर सद्भाव फैलाउने पर्व हो अहिलेको होली । तर होली खेल्न बलजफ्ती गर्ने र नचाहनेलाई जबरजस्ती रंग लगाउनेमाथि कारबाही हुने प्रहरीले जनाएको छ । काठमाण्डौंको ठाउँठाउँमा साङ्गीतिक कार्यत्रम समेत गरी आयोजना गरिएको होली पर्वमा नागरिकहरु गीत, संगितसहित नृत्यमा रमाउँदै छन् ।

टोल टोलमा मात्रै नभई कुनै विशेषस्थानलाई नै भाडामा लिएर सामुहीक रूपमा होली मनाउने प्रचलन पनि नयाँ होलीको विशेषता हो । काठमाण्डौं उपत्यकमा विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइएको छ । त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ ।

पृथक मिथिलाञ्चलको फागु

यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन् । वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ ।

फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ । पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे ।

होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । भाङलाई अहिले मदिराले विस्थापित गरेको छ । तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।

होलीमा रमाउँदै विदेशीहरू

फागुपुर्णिमा अर्थात् होलीको अवसरमा नेपालीहरु मत्र होइनन्, विदेशीहरु पनि खुलेर होलीको उत्सवमा होमिएका छन् । आफैँमा विशिष्ट रहेको फागुपर्व नेपालमा घुम्न आउने हजारौं विदेशी पर्यटकहरुका लागि उल्लासमय बनिरहेको राजधानी काठमाण्डौं, पोखरा र आसपासमा देख्न सकिन्छ ।

होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई रङमा रंग्याउन काठमाण्डौंको वसन्तपुर, ठमेल मात्र होइन, पोखरामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । अघिल्ला वर्षझैँ विदेशी तथा स्वदेशी पर्यटकलाई खानासँगै रङको स्वाद चखाउन होटल तथा रेस्टुरेन्टका आ–आफ्नै योजना छन् ।

पोखरामा हरेक वर्ष होली भव्य हुने गर्छ । होली विशेष कार्यक्रममा विदेशीले फेस पेन्ट, रङ तथा पानीमा छ्यापाछ्याप गर्ने दृश्य रमाइला लाग्छन् । हातमा अबीरका पोका बोकेर विदेशीसमेत नेपालीसँगै बाटोमा होली खेलिरहेको यहाँ देख्न सकिन्छ ।

होली पर्वको उल्लेख कुन ग्रन्थमा छ ?

संस्कृतिविद् प्राध्यापक वीणा पौड्यालका भनाइमा होली विशेषगरी हिन्दू शास्त्रहरूमा उल्लेख भएको पर्व हो । त्यसैले होली शास्त्रीय पर्व भएको उनको मत छ । ‘विभिन्न पुराणहरूमा यसको उल्लेख छ । पछि महाकाव्यहरू जस्तै महाभारत र रामायणमा पनि उल्लेख भएको पाइन्छ’, उनले भनिन् ।

‘लिङ्गपुराण, वराहपुराणमा पनि यसको उल्लेख छ । यो शास्त्रीय पर्व हो ।’ पौड्यालका भनाइमा जैमिनि ऋषिद्वारा रचित तथा मीमांसा दर्शनको आरम्भ भएकोमध्येको मानिने ‘पूर्वमीमांसासूत्र’मा पनि होलीबारे उल्लेख भएको पाइन्छ ।

Tags: धर्म संस्कृतिहोली

Discussion about this post

Related Posts

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!