महाेत्तरी/फागुन १४ गते । आफ्नै काकालाई चक्कु प्रहार गरी ह त्या गरेका एक व्यक्तिलाई प्रहरीले आज प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको ह त्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर ह त्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
घटनालगत्तै विजेन्द्र फ रार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति प क्राउ गरिएको हो ।














Discussion about this post