माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ भएकी प्रदर्शनी कुमारी पहिलोपटक सिडिओ बनेकी हुन् । बारा जिल्लाकि उनी मधेसी समुदायबाट महिला सिडिओ हुने उनी पहिलो हुन् ।
नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ ।
एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ ।
गृह मन्त्रालयका अनुसार चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । उनीहरू सबै उपसचिव हुन् ।
धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उनीहरू सहसचिव हुन् ।




















Discussion about this post