सिरहा/माघ २४ गते। सिरहाको नवराजपुर गाउँपालिकाका एक जनालाई प्रहरीले हत्या आरोपमा प क्राउ गरेको छ। प क्राउ पर्नेमा वडा नम्बर ४ नहरनिया टोलका १९ वर्षीय राधेश्याम यादव रहेका छन्।
नवराजपुर गाउँपालिका-४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कु टपिट गरी ह त्या गरेको अभियोगमा राधेश्यामलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै-झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कु टपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृ त्यु भएको हो।
उक्त खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारिबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई प क्राउ गरेको हो।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post