nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २४, २०७९, १०:३६ बिहान
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ।

माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ । अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ । मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।

मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ । मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ। थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ। त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ। चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ। यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ।

कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ। चिकेनले पनि कोलेस्ट्रोलको मात्रा बढाउँछ। जसका कारण हप्तामा तीन–चार पिसभन्दा बढी नखाँदा राम्रो हुन्छ। रेड मिट त झन् खानै हुँदैन । खाए पनि महिनामा एक पटक मात्रै खादा राम्रो । महिलाले कोलेस्ट्रोल बढाउने प्रडक्ट बढी प्रयोग गर्दा पनि सन्तुलन नै हुन सक्छ। महिलामा फ्याट पचाउने क्षमता बढी हुन्छ। फाइबरयुक्त खानाले कोलेस्ट्रोल घट्न सघाउँछ। प्लान्ट बेस खानेतेलको भने बढी प्रयोग गर्नुहुँदैन। काजुलगायतका ड्राइफुड दिनमा एक मुठीसम्म खाँदा त्यति धेरै फरक पर्दैन। कोलेस्ट्रोलको मात्रा बढ्नुमा सबैभन्दा बढी भूमिका जेनेटिक कारणको हुन्छ ।

कोलेस्ट्रोल घटाउने १४ प्रभावकारी तरिका: मासु कम खानुहोस्: रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले तपाईको भोजनमा मासुको प्रयोग कम गर्नुहोस । यदि मासु खानै पर्नेभए सेतो मासु खानुहोस । विफ, पोर्क र भेडाको मासु खान छोड्नुहोस । बरु माछा खानुहोस् ।

फाइबरयुक्त खानेकुरा: तपाईको दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुहोस् । यसले तपाईको कोलेस्ट्रोलको मात्रालाई पाँच प्रतिशतले मात्र बढाउने सम्भावना हुन्छ । भोजनमा पर्याप्त फाइबर पाउनका लागि ब्रेकफास्टमा जौको रोटी खानुहोस । खानसँगै पर्याप्त मात्रामा सब्जी पनि खानुहोस् ।

नियमित कोलेस्ट्रोल परीक्षण गर्नुहोस्: कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण गर्नुहोस । परीक्षणले खराब कोलेस्ट्रोको खतराबारे तपाईलाई थाहा हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ । राम्रो र नियमित परीक्षणले कोलेस्ट्रोलको अणुको पहिचान गर्न सहयोग मिल्छ ।

चिल्लो कम खानुहोस्: न्युन चिल्लोयुक्त भोजनले तपाईको शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई न्यून पार्न सक्नुहुन्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गर्नुहोस । त्यस्तै बदाम र वियाँहरु पनि पर्याप्त खानुहोस । भोजनमा हुने तेलीय पर्दाथबाट सदा बच्नुहोस । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउनुहोस । सोयबिन, ल्वाङ लगायत सब्जीको तेल प्रयोग गर्नुहोस् ।

व्यायाम गर्नुहोस्: दैनिक तीस मिनेट व्यायाम गर्नुहोस । कोलेस्ट्रोलबाट बच्ने एउटा प्रमुख उपाय व्यायाम पनि हो । किनकी यसले तपाईलाई स्वस्थ तौल राख्न पनि सहयोग गर्छ । मुटु रोगको खतराबाट बच्न दैनिक तालिकामा व्यायमलाई थप्नुहोस् ।

माछा खानुहोस्: माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस ।

बदाम खानुहोस्: साँझ निकै भोकाउनु भएको छ भने अन्य अस्वस्थ खाना खानुभन्दा बदाम खानुहोस । बदामको नियमित सेबनले तल्लो मुटुको रोगलाई निको पार्छ । वदाम स्वस्थवर्दक मात्र होइन भोजनमा पूरकको रुपमा पनि काम गरेको हुन्छ । 

तौल कम गर्नुहोस्: कोलेस्ट्रोलबाट बच्न तौल कम राख्नु पनि उत्तिकै महत्व हुन्छ । तपाईको स्वस्थ तौल छ वा छैन बारम्बार परीक्षण गर्नुहोस । बढी मोटोपनले कोलेस्ट्राल निम्त्याउछ ।

हिड्ने बानी बसाल्नुहोस्: खुडकिलाहरु चढ्नुहोस् । जति तपाई हिड्नुहुन्छ त्यति बढी कोलेस्ट्रोल हुने खतराबाट मुक्ति हुनुहुन्छ । शारिरिक गतिबिधिका लागि हिडडुल सबैभन्दा प्रभावकारी माध्यम हो । यो आफैमा सरल र सस्तो उपाय पनि हो । तसर्थ हिडेर नै छोटो दूरीमा कार्यलय वा अन्य गन्तव्यमा पुग्नुहोस् । 

कोलस्ट्रोलको शत्रु अन्डा: अन्डा कम खानुहोस । अन्डलाई मुटु र कोलेस्ट्रोल रोगको मुख्य शत्रु मानिन्छ । तर, तपाईले आफ्नो भोजनमा अन्डाको परिकार समावेश गर्न सक्नुहुन्छ । तर, धेरै नमिसाउनुहोस । थोरै तेल प्रयोग गरेर मात्र अन्डा खानुहोस् ।

हरियो चिया खानुहोस्: यदि तपाई चियाको पारखी हो भने आजै देखि हरियो चिया खान सुरु गर्नुहोस । ग्रीन टिमा क्याटेचिनस नाम गरेको पर्दाथ हुनाले यसले कोलस्ट्रोललाई घटाउन सहयोग गर्छ । दीर्धकालिन स्वस्थ रहनका लागि पनि ग्रीन टी अचूक औषधी हो । 

साकाहारी भोजन: सकभर शाकाहारी खाना खानुहोस । कोलस्ट्रोलको खतरालाई न्यून गर्न पनि यो निकै प्रभाककारी उपाय हो । विभिन्न प्रकारका शागसब्जीले तपाईको स्वास्थ्लाई शसक्त पार्नुको साथै तपाईको शरिरमा भिटामिन, खनिज र अक्सिकरणबिरोधी तत्व प्रदान गर्छ ।

प्रर्याप्त सुत्नुहोस्: तपाई दैनिक रुपमा नियमित सुतेको सुनिश्चिता गर्नुहोस । पर्याप्त निद्राले शरिरको रोग निको पार्न सहयोग पु¥याउछ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ । यसको अतिरिक्त पर्याप्त निन्द्राले कोलस्ट्रोलको खतरा घटाउछ । 

धुमपान त्याग्नुहोस्: कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको प्रमुख कारण धुमपान हो । अत्यधिक पिउनाले एचडीएल कोलस्ट्रोलको मात्रा घटाउछ , यो मुटुको रोगका लागि एउटा प्रमुख खतरनाक तत्व पनि हो । तसर्थ यदि तपाई लामो समयसम्म स्वस्थ रुपमा बाँच्न चाहनुहुन्छ भने धुमपान त्याग्नुहोस् ।

Tags: स्वास्थ्यस्वास्थ्य टिप्स

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि