जनकपुरधाम/माघ १८ गते । जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालयबाट एकजना बिचौलियालाई धनुषा प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा उनलाई प क्राउ गरिएको हो ।
साहलाई सेवाग्राहीहरू संग वार्गेनिङ गरिरहेको अवस्थामा प क्राउ जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।





















Discussion about this post