nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भिनाजुसँगको सम्बन्धमा एक १४ वर्षीय नाबालिकाले जन्माइन् बच्चा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १०, २०७९, ३:१७ मध्यान्ह
भिनाजुसँगको सम्बन्धमा एक १४ वर्षीय नाबालिकाले जन्माइन् बच्चा

माघ १० गते। एक १४ वर्षीया नाबालिकाले अवैध सम्बन्धबाट बच्चा जन्माएको घटना बाहिरिएको छ।

कन्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताकी बालिकाले माघ ३ गते घरमै छोरालाई जन्म दिएकी थिइन्। बालिकाको बयानपछि ईलाका प्रहरी कार्यालय बेलौरीमा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी समेत परेको छ। 
भारतको बरेलीका दयाराम गुप्ता विरुद्ध पीडीत परिवारले प्रहरीमा जाहेरी दिएका हुन। गुप्ता बालिकाका भिनाजु नाता पर्छन्।

गुप्ताका दाइले किशोरीका काकाकी छोरीसंग बिहे गरेका थिए। त्यसले गर्दा उनी दाइको माइती घर कलकत्ता ओहोरदोहोर गरिरहन्थे।

त्यसक्रममा बालिका र गुप्ताबीच हेलमेल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बालिका कलकत्ताकै स्थानीय जनज्योती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। गत बैशाखमा ती बालिका भिनाजु नाता पर्ने गुप्तासंग भागेर भारततर्फ गएको खुलेको छ। 

ईलाका प्रहरी कार्यालय बैलारीले उनीहरुलाई भारततर्फ जाँदै गर्दा नाकामा रोकेको थियो। त्यस बेला बालिकाको उमेर १३ वर्ष मात्रै रहेकाले प्रहरीले भारततर्फ जानबाट रोकेर परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

लोकलाजका कारणले बालिकाको परिवारले पनि घटना लुकाएको खुलेको छ। बालिकाको गर्भ सात महिना पुग्नु अगाडिसम्म परिवारलाई त्यस बारेमा केही सुईँको थिएन। बालिकाले अवैध गर्भ घरपरिवारलाई पनि नभनेर लुकाएकी थिए।

गर्भ सात महिना पुगेपछि मात्रै परिवारले त्यस बारे थाहा पाए। गाउँमा बेइज्जत हुने सोचले परिवारले भने घटना बाहिर जनाएनन्। उनीहरुले लोकलाजबाट जोगिन बुहारीको बच्चा देखाउने योजना बनाए। 

बालिकाको जेठो दाइको केही समय अगाडि मात्रै बिहे भएको थियो। माघ ३ गते घरमै बालिकाले बच्चालाई जन्म दिइन्। परिवारले गाउँमा भने बुहारीको बच्चा भनेर छोरीको अवैध सम्बन्धलाई जोगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।

‘बुहारीको शारीरिक अवस्था सामान्य जस्तै भएकाले स्थानीयले शंका गरे,’ भण्डारीले भने, ‘परिवारले भने गाउँमा बुहारीकै बच्चा भनेर भनेका रहेछन्।’

शंकास्पद लागेपछि स्थानीयले ८ माघमा प्रहरीलाई खबर गरेसंगै घटना बाहिरिएको हो। त्यसपछि प्रहरीले बालिका, उनका बच्चा र आमा बुवालाई ईलाका प्रहरी कार्यालय बैलारीमा ल्याए।

प्रहरीले किशोरीसंग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छन्। 

‘बालिकाले हामीसंगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छन्, पीडीत परिवारले अहिले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ।’

उनका अनुसार बालिकाको परिवारले गर्भ सात महिना भएपछि मात्रै थाहा पाएको बयान दिएका छन्। 

प्रहरीले बालिकालाई दुई दिन परामर्श केन्द्रमा राखेको थियो। मंगलबार स्वास्थ्य परीक्षणका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ। परामर्शपछि बालिकालाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।स्रोत-नेपालखबर बाट

Tags: देशको खबरसमाचार

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि