nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १, २०७९, ७:५३ मध्यान्ह
जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

माघ १ गते। जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न पनि जनमत पार्टीले आफ्ना सांसदलाई सर्कुलर गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा पार्टीका सदस्यहरूका लागि जनमत पार्टीले तयार पारेको आचारसंहितामा यी कुरा उल्लेख छन् । जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक कुमार साहले सो आचारसंहिताको मस्यौदा तयार गरी पार्टीलाई बुझाएका छन् । आचारसंहितामा सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने पनि उल्लेख छ ।

आचारसंहिताको बारेमा कार्यकारिणी समितिमा छलफलपछि मात्र कार्यान्वयनमा आउने उपाध्यक्ष साहले बताए । कुनै पनि कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाएमात्र सो कार्यक्रममा जाने र कार्यक्रममा जानुभन्दा पहिले पार्टीको सचिवालयलाई जानकारी गराएर मात्र जाने गरी जनमतले आचारसंहिता बनाएको छ ।

जनतासँग सधैँ सम्मानका साथ व्यवहार गर्ने, जनताका सेवक बनेर सेवाको लागि सदैव तयार रहने उल्लेख गर्दै जनमत पार्टीले सांसदहरुलाई जनताका घरदैलोमा नियमित जान निर्देशन दिएको छ । जनताका समस्याबारे छलफल गर्ने, स्थानीयस्तरमा समाधान गर्ने, समाधान नहुन सकेका समस्याबारे प्रतिनिधिसभा, प्रदेशसभामा प्रस्तुत गरी समाधान गर्न पहल गर्ने आचारसंहितामा उल्लेख छ ।

संसद सदस्यको रूपमा आफ्नो पदको उपयोग गर्दै पार्टीको पार्टीको विधान, नियमावली, आचारसंहिता, घोषणापत्र आदि राम्ररी अध्ययन गरेर परिचित हुन पनि निर्देशन दिइएको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले बताए ।

पार्टीको घोषणा पत्रमा उल्लेखित योजनाहरू कार्यान्वयनका लागि तत्परता देखाउने आचारसंहितामा उल्लेख छ । आफ्नो जिम्मेवारीमा रहेका पार्टीको गोपनीय विषय र सामग्रीलाई संरक्षण गर्नुपर्ने उल्लेख गर्दै पार्टीलाई बुझाउनु पर्ने सहयोग रकम (लेवी) नियमित बुझाउनु पर्ने आचारसंहितमा उल्लेख छ ।

जनमतले सांसदहरुलाई संसदीय दलको विधान, नेपालको संविधान,  प्रतिनिधि÷प्रदेशसभा सञ्चालन निर्देशिका वा नियमावली आदि समेत राम्ररी पढेर संसदीय काम–कारबाहीमा लाग्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले आफूले पाएको शक्तिलाई दुरुपयोग गर्नबाट जोगिनुपर्ने आचारसंहितामा उल्लेख छ । सदनमा आफूले दिएको वा नदिएको मतका लागि, विधेयक पेस गर्दा, प्रस्ताव पेस गर्न वा प्रस्ताव पेस नगर्ने, प्रश्न राख्ने वा नगर्ने वा नगर्दा कुनै पनि शुल्क, पारिश्रमिक वा लाभको अपेक्षा गर्न वा स्वीकार गर्नु हुँदैन भन्ने विवरण पनि आचारसंहितामा समेटिएको छ ।

कसैको पनि चरित्र हत्या हुने र मर्यादा भङ्ग हुने अभिव्यक्ति प्रकट गर्न नहुने भन्दै जनमतले सामाजिक सद्भाव र जातीय सहिष्णुतामा खलल पु¥याउने कार्यका विरुद्ध निरन्तर जागरूक रहन निर्देशन दिएको छ । कसैले कुनै कार्यमा सहयोग पु¥याइ दिए बापत आर्थिक लाभ लिनु हुँदैन भन्दै जनमतले आफ्ना जनप्रतिनिधिलाई आफ्नो निजी आर्थिक स्वार्थ र आफ्नो नजिकका परिवारका सदस्यहरू सार्वजनिक हितसँग बाझ्न नपरोस् भन्ने कुरामा सधैँ सतर्क रहनुपर्ने उल्लेख गरेको छ । 

पार्टीले जातीगत राजनीति वा गुटबन्दी वा अनावश्यक धाकधम्की वा दाबीलाई प्रश्रय नदिने पनि जनमत पार्टीले प्रस्ट पारेको छ । पार्टीका कुनै पनि सदस्यले आचारसंहिता उल्लङ्घन गरेमा अनुशासन उल्लङ्घन र कारवाहीको विषय बन्ने चेतावनीसमेत आचारसंहितामा दिइएको छ । आचारसंहिता कार्यान्वयन गर्दा सजायको रूपमा देहायमा उल्लेखित एक वा सोभन्दा बढी प्रकृयाहरू अपनाउन सकिने भनिएको छ ।

सम्बन्धित सदस्यलाई सचेत गराउने, आलोचना तथा आत्मालोचना गर्न लगाई सोको जानकारी सार्वजनिक गर्न लगाउने, प्रमाणसहित भ्रष्टाचार गरेको प्रमाणित भएमा पदबाट बर्खास्त गरिने आचारसंहितामा उल्लेख छ । पार्टीको अनुशासन बाहिर गएर स्वेच्छाचारिता देखाएमा निज प्रतिनिधिसभा÷प्रदेशसभा सदस्यलाई पार्टीले फिर्ता गर्न सक्ने पनि आचारसंहितामा उल्लेख छ । 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!