मंसिर २९ गते। धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जना महिलाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् ।
बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृ त्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनको श वलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकको श्रीमान महिन्द्र साह बैदेशिक रोजगारीमा रहेका छन भने उनको ३ छोरी र १ छोरा गरी ४ सन्तान छन ।





















Discussion about this post