nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

घरजग्गाको भाउ तीन महिनामा १० प्रतिशतले सस्तिने अनुमान, एक वर्षमा ९.७% ले घट्न कति सम्भव ?

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १८, २०७९, ८:०४ मध्यान्ह
घरजग्गाको भाउ तीन महिनामा १० प्रतिशतले सस्तिने अनुमान, एक वर्षमा ९.७% ले घट्न कति सम्भव ?

?????????????????????????????????????????????????????????

सर्वसाधारणले आगामी एक वर्षमा घरजग्गा तथा हाउजिङ्गको मूल्य घट्ने अनुमान गरेका छन् । आगामी एक वर्षमा घरजग्गा तथा हाउजिङको मूल्य ९.७ प्रतिशतले घट्ने अपेक्षा गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव र कित्ताकाटको समस्यामा घरजग्गा कारोबार घटिरहेको छ । तर, पनि सर्वसाधारणले भने घट्ने अपेक्षा राखेका छन् । बैंक, वित्तीय संस्थामा देखिएको तरलता अभावका साथै भू–उपयोग नियमावली २०७९ अनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन नसकी घरजग्गा कारोबार घटिरहेको छ । यसले गर्दा सर्वसाधारणले आगामी दिनमा मूल्य घट्ने अनुमान गरेका हुन् ।

सो सर्वेक्षण गत असोज २३ गतेदेखि २९ गतेसम्म (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ रहका ६० हजार बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरेको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो सर्वेक्षणको तलुनामा थप ८९९ व्यक्ति थपिएका छन् ।

सर्वेक्षणमा घरजग्गा तथा हाउजिङको मूल्य तीन महिनामा १० प्रतिशतले र आगामी एक वर्षमा ९.७ प्रतिशतले घट्ने अपेक्षा राखेका छन् । तर, मूल्य घट्ने अनुमान गर्नेको संख्या थोरै भए पनि अघिल्ला सर्वेक्षणको तुलनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि २०७९ असारमा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा सर्वसाधारणहरुले तीन महिनामा घरजग्गाको मूल्य ५.९ प्रतिशतले घट्ने बताएका थिए । यस्तै, गत वर्ष २०७८ को चैतमा घरजग्गाको मूल्य ६.५ प्रतिशत र २०७८ पुसमा २.४ प्रतिशतले घट्ने बताएका थिए ।

२०७९ असारमा ५.९ प्रतिशतले, २०७८ चैतमा ४.२ प्रतिशतले र २०७८ पुसमा ३.२ प्रतिशतले एक वर्षमा घरजग्गाको मूल्य घट्ने आकलन गरेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा ५३ प्रतिशतले आगामी तीन महिनामा ५३ प्रतिशतले र एक वर्षमा ७९.२ प्रतिशतले घरजग्गाको मूल्य बढ्ने अनुमान गरेको राष्ट्र प्रतिवेदनमा उल्लेख छ ।

तर, पछिल्लो समय नेपालमा घरजग्गा खरिदबिक्री गर्नेको संख्यामा सोचे जस्तो नभएको पाइएको छ भुमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आवको चार महिनामा देशभर २७ हजार ९३९ वटा घर जग्गा कारोबार भएको छ ।

असोज मसान्तको तुलनमा भने कात्तिक घर जग्गा कारोबार ८.३३ प्रतिशतले बढी हो । असोज मसान्तसम्ममा २५ हजार ७८९ घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ । कात्तिक महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब बढी राजश्व संकलन भएको छ । देशभरका मालमोत कार्यालयहरुबाट उक्त अवधिमा ३ अर्ब ७६ लाख २५ हजार बढी राजश्व संकलन भएको छ ।

कात्तिक महिनामा १० हजार ५४४ जग्गा कित्ताकाट भएको हो । योसंगै कात्तिक २२ हजार ५६५ कित्ता कायम भएको विभागले जनाएको छ । असोजमा भने ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ कित्ता कायम भएको थियो ।

अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति नभएको विभागले जनाएको छ । सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको हो । धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ ।

स्रोत-अर्थपथ बाट

Tags: अर्थ/बाणिज्यदेशको खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि