जनकपुरधाम/मंसिर ११ गते। मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।

साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत आज (आईतबार) मटकोर रहेको छ भने भोली (सोमबार विवाहपञ्चमी र पर्सी (मंगलबार) अन्तिम दिन रहेको छ ।
त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।














Discussion about this post