मंसिर ८ गते । सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन् ।
उनी १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मियाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए ।
सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण यादवले ६ हजार ६१० मत प्राप्त गरे । यो संगै जनमत पार्टीले सप्तरीमा चार प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्य जितेको छ ।














Discussion about this post