कार्तिक १८ गते। मोरङ क्षेत्र न – ६ का राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालको आफ्नो क्षेत्रमा अलग्गै माहोल बनाएका छन् ।

राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालले सवैसँग एकआपसमा खुसी साटासाट ,सहज ब्यबहार ,इमान्दार ,कर्मठ र सामाज प्रेमी सद्भावका कारण अहिले मोरङ क्षेत्र न – ६ मा उनको घर दैलो कार्यक्रममा पार्टी प्रवेश गर्नेको लर्को बढेको छ तसर्थ उनको समर्थनमा हजारौ कार्यकर्ता ,स्थानिय र समाजसेवी सहित ब्यापारी हरु पनि उनको लागि भोट माग्दै हिडेका छन।
२०७० सालको संविधानसभाको दोस्रो चुनावमा समेत चुनाब लडेका र कटुवालले करिब आठ हजार मत ल्याएका थिए । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनाव जित्दा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार दोस्रो भने कटवालले तेस्रो मत ल्याएका थिए। चुनाव हारे पनि उनी सक्रिय भएर समाजसेवा मै होमिरहेका कारण आज उनि माओबादि पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गर्दा पनि मोरङ क्षेत्र न – ६ का जनता उनलाई नै जिताउने भनि स्थानियहरु लागिपरेका छन्।

कटुवाल ले भने : चुनाब जित हार को खेल हो तर मलाइ यो हारजितले कुनै पनि असर पार्दैन तसर्थ यदि मह जितेर सांसद भएर आए भने सबै भन्दा पहिलो आफ्नो क्षेत्रको समस्याहरु सम्बोधन र सामाधान गर्ने पक्षतिर अघि बढ्छु यद्दपि म जितिन भने पनि मलाई अफसोस हुदैन आफ्ना जनताहरुको लागि जसरि पहिले समाजसेवा गरिरहेको थिए त्यसरी नै निरन्तर गरिरहनेछु,साथै आगामी मंसीर–४ को प्रतिनिधि सभाका चुनावमा आफूलाई विजय गराएको खण्डमा माननीय भएमा यसै ठाउँमा शुरुमा आएर अविर जात्रा गर्ने र सधैभरी जनताकै सेवामा दत्तचित्त भई काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।





















Discussion about this post