nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिनावारी भएको बेला पुजापाठ गर्नु,ब्रत बस्नु, हुदैन भन्ने कुरा के साचो हो त ? हेर्नुहोस यस्तो छ बास्तबिकता …..

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २२, २०७९, ९:२० मध्यान्ह
महिनावारी भएको बेला पुजापाठ गर्नु,ब्रत बस्नु, हुदैन भन्ने कुरा के साचो हो त ? हेर्नुहोस यस्तो छ बास्तबिकता …..

ऋषिपञ्चमी पर्वलाई महिलाहरूको स्वास्थ्य, शुद्घता र सौन्दर्यबर्द्धक पर्वको रुपमा ब्याख्या गरिदै आएको पाईन्छ । रजस्वला हुन सुरु भएका महिलाहरुले आजको दिन व्रत बसेर पूजापाठ गर्‍यो भने पापबाट मुक्ति पाइने जनविश्वास छ ।महिनावारी भएको बेलामा महिलाहरुले जानी नजानी अरुलाई छोएर गरेको ठूलो पापबाट छुटकारा पाउने एउटामात्र कडीको रुपमा पञ्चमीको व्रतलाई लिइन्छ ।पञ्चमी व्रतको पूजा उपासनामा अपामार्ग (एउटा बिरुवा) र माटो (विशेषगरी हात्तीले टेकेको) महत्वपूर्ण मान्छिन् । अपामार्ग दतिउनका लागि र माटो हात धुनमा प्रयोग गरिन्छ ।महिनावारी भएका बेलामा गरेका पाप पखाल्न पञ्चमी व्रत बस्ने परम्परासँगै हात्तीले टेकेको माटोले योनी र गुजद्वार सफा गरिन्छ । त्यस्तै तीन सय पैंसठीवटा ब्रस आकारका अपामार्गका टुक्राले दाँत माझिन्छ भने त्यसका पातहरु नुहाउनका लागि प्रयोग गरिन्छन् ।

आजको दिन नेपाल सरकारले महिला कर्मचारीहरुलाई बिदा समेत दिने गरेको छ । असोज ३ गते आउने भनिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदाको महिलाको हक सम्बन्धी धारा ४३ को उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ र लैङ्गकि पहिचानको आधारमा भ्रूणहत्या गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनिएको छ ।त्यस्तै उपधारा (३) मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ ।तर बिडम्वना मान्नुपर्छ की, महिनावारी भएका बेलामा अरुलाई छोएर गरेको पापबाट मुक्ति दिलाउने उद्देश्यले राज्यले महिलाहरुलाई ब्रत बस्न सरकारी बिदाको व्यवस्था गर्छ । यो भनेको राज्यको मूल संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भनि गरिएको कानुनी व्यवस्थाको खिल्ली उडाउनु हो ।

एकातिर महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि कानुनी व्यवस्था गर्ने अनी अर्कोतिर त्यही कुरालाई संरक्षण गर्नका लागी सरकारी बिदा नै दिने ! यो कस्तो खालको व्यवस्था हो ? यो भनेको त महिनावारी हुनु पाप हो ।महिनावारी भएकी महिलाले कसैलाई छुनु समेत हुँदैन भन्ने गलत मान्यतालाई प्रसय गर्ने काम होइन त ? यदी होइन भने किन राज्यलेनै महिनावारीलाई पापको रुपमा ब्याख्या गर्ने पञ्चमी व्रत बस्न महिलाहरुलाई पे्ररित गरिरहेको छ ? यो बहसको विषय हुनुपर्छ ।मिथ्या कुरा=कुनै यूगमा मान्छेहरुलाई दाँत मुख सफा गर्नुपर्छ, नुहाउँनु पर्छ भन्ने लाग्नैथ्यो होला ।

अनि दाँत मुख सफा गर्ने बिरुवा अपामार्गको सहज उपलब्धता पनि थिएन होला । त्यसैले मान्छेहरुमा दाँत मुख सफा गर्नुपर्छ भन्ने चेतना जगाउन, अपामार्गको महत्व बुझाउन र महिलाहरुको संवेदनशील अंग मानिने योनी सफा राख्नुपर्छ भन्ने बुझाउनका लागि वर्षमा एक दिन यसो गर्न सिकाइएको हुन सक्छ, जुन एकदमै जायज थियो । यूग अनुकुल थियो ।किनकि आज हामी विज्ञानको यूगका मान्छे भनेर गर्व गर्नेहरु नै महिनावारी (प्राकृतिक नियम)को समयमा अरुलाई छुँदा पाप लाग्छ भन्ने कुरामा विश्वास गर्छौ । हाम्रो राज्य नै त्यसलाई आत्मसात गर्छ भने त्यो बेलाका जान्ने बुझ्ने भनिएका ऋषिमुनिहरुले वर्षमा एक दिन भए पनि यसो गर है भनेर सिकाएको कुरालाई गलत मान्नु मूर्खता बाहेक केही होइन ।

महिनावारी सुरु हुने झन्डै दुई हप्ताअघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ ।डिम्बले डिम्बाशय छोडेपछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रहृमचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् ।तर, त्यो यूगमा पनि धर्तीमा सायद महिलाहरुमात्र अवश्य थिएनन् । यदी त्यसो हो भने दाँत मुख र गुप्ताङ्ग सफा गर्न किन महिलाहरुलाई मात्र प्रेरित गरियो होला ? के त्यतिबेलाका सबै पुरुषहरु यस्तो कुरामा पोख्त थिए होलान् त ? अनि वर्षभरि दाँत नमाझ्ने महिलाहरुलाई व्रत बसाएर एकै दिन (३६५ पटक) अपामार्गले दाँत मुख सफा गर्न, ३६३ पटक नै गुप्ताङ्ग सफा गर्न प्रेरित गर्ने ऋषिले त्यही कुरा पुरुषलाई चाँहि किन नसिकाएका होलान् ।के पुरुषहरुले दाँत मुख अनि गुप्ताङ्ग सफा नराख्दा पनि हुने हो त ? अवश्य होइन । यो महिलालाई आफ्नो सौन्दर्यमा सधै निखार ल्याइरहनुपर्छ र पुरुषलाई आफुतिर आर्कषिर्त गरिरहनु पर्छ भन्ने मान्यताको उपज हो । जब कि पुरुष पनि त महिलाको नजरमा सभ्य र शालीन हुनुपर्छ ।

देवीहरुको गोठ खोइ त ?=यदि महिनावारी हुनु पाप हो । यो बेलामा अरुलाई छुँदा पाप लाग्छ भने देवीहरुको रुपमा पूजिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता धनवान, बुद्धिवान, बलवान, विद्यावान देवीहरु पनि त महिला थिए । उनीहरुको मूर्ती भएका मन्दिरहरु अनगिन्ती छन् । हामी तिनै मन्दिरमा पूजा गर्न जान्छौं । त्यहाँ जानलाई कुनै महिना, समय वा बारले छेकबार गर्दैन । अनि सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता महिलानै हुन् भए उनीहरु पनि त हरेक महिना महिनावारी हुन्छन् होला । खै त उनीहरु महिनावारी भएका बेलामा मन्दिर छोडेर बाहिर बसेको ? कथित धर्मका ब्याख्याताहरु किन मौन छन् यस बारेमा ?यदि महिनावारी भएको बेला महिलाहरु अछुत हुन्छन् भने देवीहरुको मन्दिर बनाउन लगाउनेहरुले उनीहरु महिनावारी हुँदा बस्ने ठाउँ -गोठ) बनाउन लगाउनु पर्छ कि पर्दैन ? त्यसैले महिनावारी हुनु प्राकृतिक नियम भए पनि महिनावारीको समयमा अरुलाई छुन हुँदैन, मठ मन्दिर जान हुँदैन, मीठो पोषिलो खान हुँदैन भन्ने मनगढन्ते कुरामात्र हो ।परापूर्वकालमा गरिवी, अशिक्षा र चेतनाको अभावमा महिनावारीको समयमा घरबाहिर राखेर कसैलाई छुन समेत नदिई आराम गर्न लगाएको कुराको सिको गर्न खोजेर अहिलेका आधुनिक भनिने मान्छेहरु पूर्वजको खिल्ली उडाउँदैछन् । जुन अत्यन्त चिन्ताको विषय हो ।

पाप होइन, प्राकृतिक नियम=हिन्दूहरूका समाजमा रजस्वला एउटा निषेधका रूपमा लिइन्छ । किशोरावस्था सुरु भएदेखि चालीस पैँतालीस वर्ष नपुगेका सबै महिलाहरूको महिनैपिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्व रक्तस्रावको रूपमा शरीर बाहिर तीन दिन निस्कन्छ । तिनै तीन दिन महिलालाई रजस्वला भन्छन् र नेपालीहरू महिनावारी वा नछुने भन्दछन् ।महिनावारी सुरु हुने झन्डै दुई हप्ताअघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ । डिम्बले डिम्बाशय छोडेपछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रहृमचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् । रजस्वला भएको तीन दिन पनि गर्भ रहँदैन, तर चौथो दिनदेखि झन्डै दुई हप्तासम्म नयाँ डिम्ब निषेचनका लागि तयार हुने हुनाले गर्भ रहन्छ ।सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् ।

हिन्दु धर्मशास्त्रमा रजस्वला भएका तीन दिन सहवास निषेध गरिएको छ । रजस्वलालाई निषेध गरिएको मुख्य कुरो सहवास मात्र रहेछ । तर, यहाँ रजस्वला बारे भ्रम, लोकाचार र निषेधको संस्कृति जटिल बनेको छ ।महिनावारी नभई महिलाले सृष्टि नै गर्न सक्तैनन् । त्यसैले रजस्वला, गर्भिणी र सुत्केरी भएको अवस्था नै हरेक महिलाको सबभन्दा पवित्र अवस्था हो । अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु कडा धार्मिक अन्याय हो । यदि महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिन सक्ने त्यीं व्यक्तिहरु पनि पापी हुनुपर्ने हो ।किनभने एउटा महिला महिनावारी हुनु भनेको उ आमा बन्न सक्षम भएको कुराको प्रमाण हो । त्यसैले जसले महिनावारी हुनुलाई पाप ठान्छ अथवा अछुतको व्यवहार गर्छ त्यो उसको अज्ञानताको पराकाष्टा हो । यदि मेरी आमा महिनावारी नभएको भए म कसरी यो धर्तीमा आइपुग्थें भन्ने कुराको हेक्का राख्न सके यस्ताखालका अन्धविश्वास स्वतः हटेर जाने निश्चित छ ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

आगामी एक हप्ताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!