nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिनावारी भएको बेला पुजापाठ गर्नु,ब्रत बस्नु, हुदैन भन्ने कुरा के साचो हो त ? हेर्नुहोस यस्तो छ बास्तबिकता …..

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ कार्तिक २२, मंगलवार २१:२०
महिनावारी भएको बेला पुजापाठ गर्नु,ब्रत बस्नु, हुदैन भन्ने कुरा के साचो हो त ? हेर्नुहोस यस्तो छ बास्तबिकता …..

ऋषिपञ्चमी पर्वलाई महिलाहरूको स्वास्थ्य, शुद्घता र सौन्दर्यबर्द्धक पर्वको रुपमा ब्याख्या गरिदै आएको पाईन्छ । रजस्वला हुन सुरु भएका महिलाहरुले आजको दिन व्रत बसेर पूजापाठ गर्‍यो भने पापबाट मुक्ति पाइने जनविश्वास छ ।महिनावारी भएको बेलामा महिलाहरुले जानी नजानी अरुलाई छोएर गरेको ठूलो पापबाट छुटकारा पाउने एउटामात्र कडीको रुपमा पञ्चमीको व्रतलाई लिइन्छ ।पञ्चमी व्रतको पूजा उपासनामा अपामार्ग (एउटा बिरुवा) र माटो (विशेषगरी हात्तीले टेकेको) महत्वपूर्ण मान्छिन् । अपामार्ग दतिउनका लागि र माटो हात धुनमा प्रयोग गरिन्छ ।महिनावारी भएका बेलामा गरेका पाप पखाल्न पञ्चमी व्रत बस्ने परम्परासँगै हात्तीले टेकेको माटोले योनी र गुजद्वार सफा गरिन्छ । त्यस्तै तीन सय पैंसठीवटा ब्रस आकारका अपामार्गका टुक्राले दाँत माझिन्छ भने त्यसका पातहरु नुहाउनका लागि प्रयोग गरिन्छन् ।

आजको दिन नेपाल सरकारले महिला कर्मचारीहरुलाई बिदा समेत दिने गरेको छ । असोज ३ गते आउने भनिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदाको महिलाको हक सम्बन्धी धारा ४३ को उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ र लैङ्गकि पहिचानको आधारमा भ्रूणहत्या गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनिएको छ ।त्यस्तै उपधारा (३) मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ ।तर बिडम्वना मान्नुपर्छ की, महिनावारी भएका बेलामा अरुलाई छोएर गरेको पापबाट मुक्ति दिलाउने उद्देश्यले राज्यले महिलाहरुलाई ब्रत बस्न सरकारी बिदाको व्यवस्था गर्छ । यो भनेको राज्यको मूल संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भनि गरिएको कानुनी व्यवस्थाको खिल्ली उडाउनु हो ।

एकातिर महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि कानुनी व्यवस्था गर्ने अनी अर्कोतिर त्यही कुरालाई संरक्षण गर्नका लागी सरकारी बिदा नै दिने ! यो कस्तो खालको व्यवस्था हो ? यो भनेको त महिनावारी हुनु पाप हो ।महिनावारी भएकी महिलाले कसैलाई छुनु समेत हुँदैन भन्ने गलत मान्यतालाई प्रसय गर्ने काम होइन त ? यदी होइन भने किन राज्यलेनै महिनावारीलाई पापको रुपमा ब्याख्या गर्ने पञ्चमी व्रत बस्न महिलाहरुलाई पे्ररित गरिरहेको छ ? यो बहसको विषय हुनुपर्छ ।मिथ्या कुरा=कुनै यूगमा मान्छेहरुलाई दाँत मुख सफा गर्नुपर्छ, नुहाउँनु पर्छ भन्ने लाग्नैथ्यो होला ।

अनि दाँत मुख सफा गर्ने बिरुवा अपामार्गको सहज उपलब्धता पनि थिएन होला । त्यसैले मान्छेहरुमा दाँत मुख सफा गर्नुपर्छ भन्ने चेतना जगाउन, अपामार्गको महत्व बुझाउन र महिलाहरुको संवेदनशील अंग मानिने योनी सफा राख्नुपर्छ भन्ने बुझाउनका लागि वर्षमा एक दिन यसो गर्न सिकाइएको हुन सक्छ, जुन एकदमै जायज थियो । यूग अनुकुल थियो ।किनकि आज हामी विज्ञानको यूगका मान्छे भनेर गर्व गर्नेहरु नै महिनावारी (प्राकृतिक नियम)को समयमा अरुलाई छुँदा पाप लाग्छ भन्ने कुरामा विश्वास गर्छौ । हाम्रो राज्य नै त्यसलाई आत्मसात गर्छ भने त्यो बेलाका जान्ने बुझ्ने भनिएका ऋषिमुनिहरुले वर्षमा एक दिन भए पनि यसो गर है भनेर सिकाएको कुरालाई गलत मान्नु मूर्खता बाहेक केही होइन ।

महिनावारी सुरु हुने झन्डै दुई हप्ताअघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ ।डिम्बले डिम्बाशय छोडेपछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रहृमचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् ।तर, त्यो यूगमा पनि धर्तीमा सायद महिलाहरुमात्र अवश्य थिएनन् । यदी त्यसो हो भने दाँत मुख र गुप्ताङ्ग सफा गर्न किन महिलाहरुलाई मात्र प्रेरित गरियो होला ? के त्यतिबेलाका सबै पुरुषहरु यस्तो कुरामा पोख्त थिए होलान् त ? अनि वर्षभरि दाँत नमाझ्ने महिलाहरुलाई व्रत बसाएर एकै दिन (३६५ पटक) अपामार्गले दाँत मुख सफा गर्न, ३६३ पटक नै गुप्ताङ्ग सफा गर्न प्रेरित गर्ने ऋषिले त्यही कुरा पुरुषलाई चाँहि किन नसिकाएका होलान् ।के पुरुषहरुले दाँत मुख अनि गुप्ताङ्ग सफा नराख्दा पनि हुने हो त ? अवश्य होइन । यो महिलालाई आफ्नो सौन्दर्यमा सधै निखार ल्याइरहनुपर्छ र पुरुषलाई आफुतिर आर्कषिर्त गरिरहनु पर्छ भन्ने मान्यताको उपज हो । जब कि पुरुष पनि त महिलाको नजरमा सभ्य र शालीन हुनुपर्छ ।

देवीहरुको गोठ खोइ त ?=यदि महिनावारी हुनु पाप हो । यो बेलामा अरुलाई छुँदा पाप लाग्छ भने देवीहरुको रुपमा पूजिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता धनवान, बुद्धिवान, बलवान, विद्यावान देवीहरु पनि त महिला थिए । उनीहरुको मूर्ती भएका मन्दिरहरु अनगिन्ती छन् । हामी तिनै मन्दिरमा पूजा गर्न जान्छौं । त्यहाँ जानलाई कुनै महिना, समय वा बारले छेकबार गर्दैन । अनि सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता महिलानै हुन् भए उनीहरु पनि त हरेक महिना महिनावारी हुन्छन् होला । खै त उनीहरु महिनावारी भएका बेलामा मन्दिर छोडेर बाहिर बसेको ? कथित धर्मका ब्याख्याताहरु किन मौन छन् यस बारेमा ?यदि महिनावारी भएको बेला महिलाहरु अछुत हुन्छन् भने देवीहरुको मन्दिर बनाउन लगाउनेहरुले उनीहरु महिनावारी हुँदा बस्ने ठाउँ -गोठ) बनाउन लगाउनु पर्छ कि पर्दैन ? त्यसैले महिनावारी हुनु प्राकृतिक नियम भए पनि महिनावारीको समयमा अरुलाई छुन हुँदैन, मठ मन्दिर जान हुँदैन, मीठो पोषिलो खान हुँदैन भन्ने मनगढन्ते कुरामात्र हो ।परापूर्वकालमा गरिवी, अशिक्षा र चेतनाको अभावमा महिनावारीको समयमा घरबाहिर राखेर कसैलाई छुन समेत नदिई आराम गर्न लगाएको कुराको सिको गर्न खोजेर अहिलेका आधुनिक भनिने मान्छेहरु पूर्वजको खिल्ली उडाउँदैछन् । जुन अत्यन्त चिन्ताको विषय हो ।

पाप होइन, प्राकृतिक नियम=हिन्दूहरूका समाजमा रजस्वला एउटा निषेधका रूपमा लिइन्छ । किशोरावस्था सुरु भएदेखि चालीस पैँतालीस वर्ष नपुगेका सबै महिलाहरूको महिनैपिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्व रक्तस्रावको रूपमा शरीर बाहिर तीन दिन निस्कन्छ । तिनै तीन दिन महिलालाई रजस्वला भन्छन् र नेपालीहरू महिनावारी वा नछुने भन्दछन् ।महिनावारी सुरु हुने झन्डै दुई हप्ताअघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ । डिम्बले डिम्बाशय छोडेपछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रहृमचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् । रजस्वला भएको तीन दिन पनि गर्भ रहँदैन, तर चौथो दिनदेखि झन्डै दुई हप्तासम्म नयाँ डिम्ब निषेचनका लागि तयार हुने हुनाले गर्भ रहन्छ ।सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् ।

हिन्दु धर्मशास्त्रमा रजस्वला भएका तीन दिन सहवास निषेध गरिएको छ । रजस्वलालाई निषेध गरिएको मुख्य कुरो सहवास मात्र रहेछ । तर, यहाँ रजस्वला बारे भ्रम, लोकाचार र निषेधको संस्कृति जटिल बनेको छ ।महिनावारी नभई महिलाले सृष्टि नै गर्न सक्तैनन् । त्यसैले रजस्वला, गर्भिणी र सुत्केरी भएको अवस्था नै हरेक महिलाको सबभन्दा पवित्र अवस्था हो । अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु कडा धार्मिक अन्याय हो । यदि महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिन सक्ने त्यीं व्यक्तिहरु पनि पापी हुनुपर्ने हो ।किनभने एउटा महिला महिनावारी हुनु भनेको उ आमा बन्न सक्षम भएको कुराको प्रमाण हो । त्यसैले जसले महिनावारी हुनुलाई पाप ठान्छ अथवा अछुतको व्यवहार गर्छ त्यो उसको अज्ञानताको पराकाष्टा हो । यदि मेरी आमा महिनावारी नभएको भए म कसरी यो धर्तीमा आइपुग्थें भन्ने कुराको हेक्का राख्न सके यस्ताखालका अन्धविश्वास स्वतः हटेर जाने निश्चित छ ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

रविले पुनः पाए नेपाली नागरिकता

रविले पुनः पाए नेपाली नागरिकता

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आ त्मह त्या गरेका सप्तरीको रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि