आदित्य अजय /सप्तरी / असोज २५ गते। प्रतिनिधि सभा र प्रदेश सभासद्स्य २०७९ को निर्वाचनका लागि जनमत पार्टीको अध्यक्ष सिकेराउतले प्रतिनिधि सभाका लागी सप्तरी निर्वाचन क्षेत्र नं.२ मा आफ्नो उमेदवारी दर्ता गराइएको छ ।

उमेदवारी दर्ता गराए संगै अहिले फेसबुक , टिकटक लागयत समाजिक संजालमा `डाक्टर सिके राउत ले पनि गर्यो परिवारबाद आफ्नो भाउजु बबिता राउत ईसरलाई समानुपातिक तर्फबाट नाम सिफारिस गर्यो जस्ता विभिन्न किसिमको अफबाह फैलिएको छ ।
बबिता राउत ईसर जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष हुन । उनी रुपनी गाउँपालिका बडा नं.२ निबासी महेश ईसरकी श्रीमती हुन । उनी डाक्टर सिके राउतको नातेदार होईन भनेर जनमत पार्टीका कार्यकरता सन्तोष ईसरले जानकारी दिएको छ ।
जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष बबिता राउतले आफू पार्टीको उपाध्यक्ष रहेको कारण र जनतालाई निस्वार्थ भावनाले सेवा गर्नका लागि , जनताले भोगी रहेको दु:ख , पीडा लाई न्यूनीकरण गर्न , समाजलाई शिक्षित बनाउनका निम्ति ,समाजलाई विकसित बनाउनका निम्ति मेरो नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । बबिता राउतले बताएका छ्न।





















Discussion about this post