जनकपुरधाम/असोज १८ गते। जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा ब लि प्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको ब लि दिइएको हो । सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरू भएको ब लिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।
ब लि प्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाब लीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको ब लिप्रदान भएको थियो ।
राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको ब लिप्रदान गरिएको थियो ।





















Discussion about this post