nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : दाइजोमा कार र छोरा नपाएको निहुँमा पिंकीको ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०७९, १०:३२ मध्यान्ह
मधेस प्रदेश : दाइजोमा कार र छोरा नपाएको निहुँमा पिंकीको ह त्या

जनकपुरधाम । चितवनको भरतपुर महानगरपालिका-१ की पिंकी कुर्मीको बिहे बाराको कलैया उपमहानगर-१ मोतीबागका दिपेन्द्र कुर्मीसँग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसँग नै भएको थियो। बिहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दिए। 

तर बिहे भएको ८/१० महिना नबित्दै दिपेन्द्रले कार पनि चाहियो भन्दै पत्नि पिंकीलाई तनाव दिन थाले। तर पिंकीले माइतीको कार दिन सक्ने हैसियत नभएको भन्दै पतिको प्रस्तावलाई टार्दै आइन्।

पिंकीले जब पहिलो सन्तानका रूपमा छोरी साँचीलाई जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुँमा झन धेरै मानसिक र शारीरिक यातना दिन सुरु गरे।

एकातिर दाइजोमा कारको माग अनि अर्कोतिर छोरी जन्माएको निहुँमा यातना थपिँदै गएपछि आजित पिंकीले घरमै एक पटक आ त्मह त्याको प्रयास पनि गरिन्।

तर छिमेकीले बेलैमा थाहा पाएर उनको उद्धार गरे। त्यति हुँदासमेत परिवारका सदस्यबाट यातना दिने क्रम रोकिएन।

पति, सासु र ससुराको कु टपिटबाट गम्भीर घाइते भएकी पिंकीको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही असोज २ गते मृ त्यु भएको दाइ मनिष बताउँछन्।

मृ तक पिंकीकी दिदी सपना भन्छिन्, ‘दाइजोमा कार नदिएको र छोरी पाएकै निहुँमा मेरी बहिनीलाई पापीहरूले १२ वर्षदेखि यातना दिएर मारे, ह त्याको मुख्य कारण भनेकै दाइजोमा कार नदिएको हो, अनि छोरी किन जन्माइस् भन्ने निहुँ पनि हो।

मृ तक पिंकीका दाइ मनिष भन्छन्, ‘परिवारको एक्लो छोरो त्यसमा पनि बैंक जागिरे भएकाले बहिनीले सुख पाउँछे भनेर मागे जति दाइजो दिएर बिहे गरिदियौं तर मेरी बहिनीले बिहे भएदेखि कहिल्यै सुखको सास फेर्न पाइन, दाइजोको लोभी ज्वाँइ दिपेन्द्र र पापी बाउआमाले १२ वर्षसम्म यातना दिइरहे। अन्तमा कुटेर ह त्या गरे।’

मृतक पिंकीका पति दिपेन्द्र पिंकीको ह त्या आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन्। उनी वीरगन्जस्थित एसबीआइ बैंकको शाखा प्रबन्धक पनि हुन्।

बैंकमा पद स्तरोन्नत्ति भएपछि ज्वाँइ दिपेन्द्रले माइतीबाट कार माग्न पत्नी पिंकीलाई दबाब दिन थालेको तर आफूहरूले कार दिन नसक्ने हैसियत नभएको भनेर जवाफ दिएपछि बहिनी पिंकी माथि कु टपिट गर्दै यातना दिन थालिएको दिदी सपना बताउँछिन्।

दाइ मनिषका अनुसार कु टपिटबाट सिकिस्त भएपछि गत भदौ २७ गते उपचारका लागि ज्वाइँ दिपेन्द्र सहितले वीरगन्जको एडभान्स हस्पिटलमा लगेका थिए।

तर त्यहा उपचार सम्भव नभएपछि दिपेन्द्रले पिंकीको माइतीमा खबर गरेका थिए। त्यसपछि पिंकीलाई उपचारका लागि भदौं २८ गते चितवन मेडिकल कलेजमा लगेर भर्ना गरियो।

टाउकोमा रगत जमेको भन्दै डाक्टरले शल्यक्रिया पनि गरे। तर अवस्था झनै बिग्रिएपछि पिंकीलाई काठमाडौंको मेडिसिटी अस्पतालमा लगेर भर्ना गरियो। जहाँ उपचारका क्रममा असोज २ मा पिंकीको मृ त्यु भयो।

पाटन अस्पतालमा गरिएको श वको पोस्टमार्टम रिपोर्ट देखाउँदै दाइ मनिष भन्छन्, ‘पोष्टमार्टम रिपोर्टमा पिंकीको टाउकोमा गह्रुङ्गो वस्तुले हानेका कारण १०/१५ दिन पहिलेदेखि मस्तिष्कमा रगत जमेको र त्यही कारण मृ त्यु भएको भनेर डाक्टरले लेखेका छन्।

पोष्टमार्टम रिपोर्टले नै निर्घात कु टपिट गरिएकै कारण पिंकीको मृ त्यु भएको पुष्टि भएको दाइ मनिष बताउँछन्।

मनिषका अनुसार पाटन अस्पतालले पोष्टमार्टमको रिपोर्ट दिए लगत्तै त्यहीबाट प्रहरीले आरोपित बहिनी ज्वाँइ मनिषलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको र अहिले जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ।

बहिनी पिंकीको ह त्यामा प्रत्यक्ष संलग्न रहेको भन्दै दाइ मनिषले पिंकीका पति दिपेन्द्र, ससुरा मुरारी प्रसाद जयसवार, सासु मन्तुरा देवी, काका ससुरा जगत प्रसाद जयसवार गरि ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा असोज ४ गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन्।

जसमध्ये दिपेन्द्र पहिले नै प क्राउ परी प्रहरी हिरासतमा छन् भने अरू तीन जना आरोपितलाई प्रहरीले अहिलेसम्म पनि प क्राउ नगरेको दाइ मनिष गुनासो गर्छन्।

असोज ४ मा जोहरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयमै आरोपितका निकटका मानिस र केही नेताले धम्क्याउँदै अवरोधसमेत गरेको मनिष बताउँछन्। उनी भन्छन्, ‘जाहेरी दर्ता गराउन प्रहरी कार्यालयमा जाँदा हामीलाई निक्कै धम्क्याइयो तर हामीले त्यसको परवाह गरेनौ मुद्दा दर्ता गरायौं।’

पिंकीकी छिमेकीसमेत रहेकी कलैयाकी महिला अधिकारकर्मी सरस्वती खनाल पनि परिवारका सदस्यहरूको यातना दिएर पिंकीको ह त्या भएको दाबी गर्छिन्।

उनी भन्छिन्, ‘पिंकीको घरसँगै मेरो पनि घर छ, बिहे भएर आएदेखि नै पिंकीलाई परिवारबाट यातना दिन थालिएको थियो, उसको घरमा सधैं कोलाहल हुन्थ्यो, विचरा पिंकीले कहिले पनि परिवारको माया र साथ पाइन।’

पिंकीको पीडा देखेर उनलाई सान्तवना दिन घरमा जाँदा समेत उसका सासु ससुराले उल्टै धम्क्याउने गरेको उनी बताउँछन्।

घरेलु हिंसाबाट पीडित पिंकीले यसअघि प्रहरी, प्रशासन र अदालतमा पटक पटट न्यायका लागि गुहार पनि लगाएको तर न्याय पाउन नसकेको उनी बताउँछिन्।

खनाल भन्छिन्, ‘एक पटक त म आफैंले अदालतमा पिंकीको पक्षमा साक्षी बनेर बयान दिएको थिएँ, म साक्षी बन्दा पनि मलाई उसका परिवारका सदस्यले धम्क्याए तर मैले त्यसको परवाह गरिनँ।’

खनाल भन्छिन्, ‘पिंकीलाई यातना दिएरै मारिएको हो, त्यसैले समाजमा रहेका यस्ता अपराधी र पापीहरूलाई कानुनले सजाय दिनै पर्छ नत्र हरेक दिन पिंकीहरू यसरी नै मारिन्छन्।’

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने यो घटनाको अनुसन्धान र कारबाही प्रक्रियामा प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए।

बोगटीले भने, ‘आरोपितमध्येका एकजना प्रहरी हिरासतमै छन्, बाँकी तीन जना किरियामा बसेका कारण नियन्त्रणमा लिन नमिलेको हो, हिरासतमा रहेका व्यक्तिको बयान पनि लिइरहेका छौं, उसको बयानबाट पनि थप कुराहरू खुल्न सक्छ।’

प्रहरी उपरीक्षक बोगटीले मृ तक पिंकी पहिलेदेखि नै घरेलु हिंसाबाट पीडित भएको उजुरी प्रहरीमा परेकाले ती सबै फाइलहरूका बारेमा पनि अनुसन्धान भइरहेको बताए।

साभार स्रोत-अन्नपूर्णपोस्ट अनलाईन बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि