nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा आधुनिक नमूना बसपार्क निर्माण सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०७९, ४:४० मध्यान्ह
जनकपुरधाममा आधुनिक नमूना बसपार्क निर्माण सुरु

जनकपुरधाम/असोज १ गते। मधेस प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । 

सो बसपार्क निर्माण कार्यको गत असारमा शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका थिए । पछिल्लो समय धार्मिक पर्यटकको हव बन्दै गएको जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणकार्य अघि बढाएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले जानकारी दिए । 

“अहिले बसपार्कको अवस्था अत्यन्तै नाजुक र जीर्ण छन्”, प्रमुख खनालले भने, “नगरको बढ्दो सहरीकरणलाई दृष्टिगत गरि सुविधायुक्त नमूना बसपार्क बनाउन लागेका छौँ ।” निर्माण कार्यको ठेक्का सम्झौता भएर काम सुरु भइसकेको प्रमुख खनालको भनाइ थियो ।

संस्थाको स्वामित्वमा रहेको चार बिघा क्षेत्रमा निर्माण हुन लागेको बसपार्क निर्माणका लागि बोलपत्रमार्फत श्री नागार्जुन÷हेम÷सावित्री जेभी जनकपुरधाम–४ ले ठेक्का लिएको छ । भ्याटसहित कूल रु १० करोड २८ लाख ६६ हजार चार सय ३९ को लागतमा निर्माण हुन लागेको बसपार्क आगामी १५ महिना अर्थात् २०८० पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख खनालले बताए ।

दुई चरणमा निर्माण गरिने बसपार्कभित्र प्रथम चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, तीन वटा वेटिङ्ग सेट, एक सय २५ वटा बस स्थायी पार्किङ यार्ड, २५ वटा कार तथा ५० मोटरसाइकलको अस्थायी पार्किङ, एक दशमलव ५० मिटर चौडाइ र दुई हजार दुई सय मिटर लामो फुटपाथ निर्माण गरिने जनाएको छ । 

यस्तै बसपार्कभित्र डाइरिङ सिस्टमको दुई फिट व्यास, आठ सय ६० मिटर ह्युम पाइप राख्नका साथै आठ हजार आठ सय १६ दशमलव ०५ वर्ग मिटरको आरसिसी पार्किङ यार्ड तथा आगमन–प्रस्थानका लागि आठ हजार सात सय ४९ दशमलव १६ वर्ग मिटरको सडक निर्माण र बसपार्कभित्र एक सय ६० वटा वृक्षारोपणसमेत गरिने योजना रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ जनकपुरधामका सूचना अधिकारी इन्जिनियर लक्ष्मण यादवले जानकारी दिए ।

यस्तै बसपार्क निर्माणको दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहुउद्देश्यीय चार तले भवन तथा ग्यारेज निर्माण गरिने योजना रहेको इन्जिनियर यादवले बताए । धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुरधाममा नेपालसँगै छिमेकी मुलुक भारतको विभिन्न सहरबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लिएर आउने बसहरु सोही बसपार्कबाट छुट्ने गरे पनि ठाउँ साँघुरो हुँदा पार्किङमा समस्या हुँदै आएको छ । तर, पछिल्लो पटक आधुनिक र सुविधायुक्त बसपार्क निर्माण हुन थालेपछि बस व्यवसायी मात्र होइन, स्थानीय समेत खुसी भएका छन् । 

“व्यवस्थित बसपार्क नहुँदा बस पार्किङदेखि यात्रुहरुलाई समेत सास्ती भइरहेको थियो”, जनकपुरधाम उपमहानगरपालिका २३ निवासी मुना साहले भने, “तर अब ठूलो क्षेत्रफलमा आधुनिक सुविधासहितको बसपार्क बन्न लागेको छ, यसबाट यो समस्या समाधान हुन्छ भने हामीलाई विश्वास छ ।” बसपार्क निर्माणपश्चात् नगर क्षेत्रको सौन्दर्यीकरणका समेत टेवा पुग्नेछ, उनको भनाइ थियो । 

बसपार्क निर्माणसँगै बसपार्क क्षेत्रमा हुने अत्यधिक फोहरमैलासमेत व्यवस्थापन हुने स्थानीयहरुले बताएका छन् । बसपार्क निर्माण भएपछि जनकपुरधामको आर्थिक सँगै पर्यटक विकासमा समेत योगदान पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बुप्रसाद साहले बताए ।

“पछिल्लो समय जनकपुरधाममा रेलसेवा सञ्चालन भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा प्गेको छ”, उपाध्यक्ष साहले भने, “अब बसपार्क पनि निर्माण भइरहेको छ, यसबाट हामीलाई अझै उत्साहित बनाएको छ ।” बसपार्क निर्माण भएर सञ्चालन भएपछि भारतको विभिन्न स्थानबाट सिधै जनकपुरधाम सेवा चल्नेछ र यहाँको आर्थिक विकासमा उत्साह बढाउने छ”, उनले भने ।-रासस

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!