जनकपुरधाम/भदौ २९ गते । धनुषामा एक महिलाको श व फेला परेको छ ।

मंगलबार शहीदनगर नगरपालिका ३ यदुकूहामा २६ वर्षीय बबित्या दासको श व फेला परेको हो । नहरको पेटीमा बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासको श्रीमती बबित्या देवीको श व फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।
श वको प्रकृति हेर्दा बला त्कार पछि ह त्या गरी फालेको प्रहरीको अनुमान छ । श व अर्धन ग्न अवस्थामा भुइँमा फेला परेको थियो । तर उनको शरीर मा चोटपटकको डाम नदेखिएको डीएसपी क्षेत्रीले बताए ।
यदुकुहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । उनी साँझ ६-७ बजे घरबाट मेला हेर्न निस्केको परिवारजनले जनाएको छ ।
मेला हेर्न गएकी दास अबेर साँझसम्म घर नफर्किएपछि घरपरि वारले खोजी सुरु गरेको थियो । मृतक महिलाको ३ वर्षीय छोरी पनि छ । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















Discussion about this post