भदौ २९ गते। सप्तरीमा दुईवटा मुद्दामा फ रार रहेका दुई अभियुक्त प क्राउ परेका छन् । चोरी मुद्दामा राजविराज नगरपालिका ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर प क्राउ परेका छन् ।
सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फ रार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको छ ।
यस्तै चो री मुद्दामा जिल्ला अदालतबाट २०७८ चैत १४ गते पाँच महिना कैद र पाँच हजार जरिवाना ठहर भएको थियो।
आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए।
यस्तै सवारी ज्यान मुद्दामा फ रार रहेका सुरुङगा नगरपालिका २ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई पनि प क्राउ परेका छन् ।
२०७५ चैत ३ मा अदालतले दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो।

















Discussion about this post