आदित्य अजय/राजविराज/भाद्र २५ गते । खेलानन्द दास को अगुवाई मा स्थानीय युबाहरुले राजबिराज नगरपालिका का सिरहा सडक खण्ड निर्माणको माँग गर्दै सडक अवरोध गर्दै प्रदर्शन गरेको छ ।

खेलानन्द दास को अगुवाई मा राजबिराज वडा ६ र ७ का स्थानीय युवाहरूले नेता चौक देखि पश्चिम जोडने सडकको निर्माणको माँग गर्दै नेता चौकमा बास लगाएर सडक अवरोध गरेका छन् ।
वर्षौ देखि जीर्ण अबस्थामा रहेको उक्त सडकमा वर्षाका पानीले गर्दा हिलोमय हुने भएकोले सर्वसाधारण लाई आवतजावतमा कठिनाइ हुने गरेकोले अविलम्व सिरहा सडक खण्ड निर्माण गर्नुपर्ने स्थानीय कमल किशोर साहले बताए ।

सडक निर्माण सँगै नेता चौक देखि पश्चिम सिरहा रोडको वरिपरि रहेका अतिक्रम समेत हटाउन युवाहरूले प्रदर्शन गरेका छन् ।
यता राजबिराज नगरपालिका उपमेयर ईसरत प्रविण लाई स्थानीय युवाहरूले नेता चौकमा घेराउ गर्दै अविलम्ब अधुरो सडक निर्माण गर्न आग्रह गरेको छ ।
उपमेयर प्रविणले नेता चौक देखि सिरहा सडक खण्ड निर्माण कार्य चाडै सुचारू गर्न पहल गर्न प्रतिबद्धता जनाएको छ भने सडकको दुबै पटी अतिक्रमण गरी राखेको संरचना हटाउन आग्रह गरेकी छिन ।

















Discussion about this post