राजविराज/भदौ २३ गते। ५६औं राष्ट्रिय साक्षरता दिवसको अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरियो ।

सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित समुन्नती कार्यक्रम अनर्तगत सप्तरी जिल्ला, तिलाठी कोईलाडी गा.पा वडा–४ मा रहेको श्री राजेनद्र देवकी माध्यमिक विद्यालयमा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिकास्तरीय शैक्षिक सामग्री प्रर्दशनी शैक्षिक मेला कार्यक्रम तपशलि बमोजिमका सरोकारवालाहरुको सक्रिय सहभागीतामा भव्यताकासाथ सु–समपन्न भएको छ ।

साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण नाराका साथ आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, सामाजिक क्षेत्र तथा दैनिक रुपमा अध्ययनसँग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
पालिका स्थरिय सो कार्यक्रममा शैक्षिक सामग्रीको प्रदर्शनी अवलोकन गर्दै गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले मेलाले विद्यार्थीभित्रको प्रतिभा प्रष्फुटनमा सहयोग गरेको बताउनुभयो ।
सेभ द चिल्ड्रेनको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका र सेभ द सप्तरीद्वारा आयोजित सो मेलाको गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले उद्घाटन गर्नुभयो । दलान युवा क्लबका स्वयम्सेवकहरु समेतको सहभागिता रहेको सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा संयोजक राजेश कुमार झाले कक्षा कोठामा विद्यार्थीले सिकेका कुराहरुलाई शिक्षकहरुको सहयोगबाट शैक्षिक सामग्री निर्माण गराई विद्यार्थीभित्रको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मद्त मिलेको बताउनुभयो । आगामी असोज १ गते विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस समेत भब्यताका साथ मनाइने जानकारी दिनुभयो ।
राजेन्द्र देवकी माविका प्रधानाध्यापक दिपेन्द्र झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका विजय कुमार यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, दुर्गानन्द शर्मा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभयो ।
सो अवसरमा दलान युवा क्लबका त्रिवेणी कुमार यादव, कञ्चन यादव, सभ द सप्तरीका अध्यक्ष ( ध्रुव प्रसाद देव, अधिकृतस् मुकेश कुमार मण्डल, दुर्गानन्द शर्मा, विश्नुकान्त देव, सत्यनारायण थारु, मिल अधिकृत मिथलेश यादव कार्यक्रम सुपरभाइजरस् रामकुमार साह, रामकुमार राम, भुपेन्द्र सदा, बिनिता यादव, सामुदायिक परिचालक मुनेश्वार मुखिया, स्पोन्सर कायकरम सहायक अधिकृत राजेश चौहान , सपीए निरज झा, श्याम यादव, रामसागर महतो , संजय मण्डल र स्वयमसेवकहरू लक्षमण राम, चन्दन मण्डल, देवकुमार राम र पंकज पासवान लगायतक सहभागि रहेको थियो ।

















Discussion about this post