राजविराज/भदौ २३ गते । बाल अधिकारको लागि जनवकालत सम्बन्धि तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो ।
सुरुङगा नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०/१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
सुरुङगा नगरपालिकाका महिला बिकास शाखा प्रमुख रिङकु यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको सुमित कुमार चौधरीले सहजिकरण गरेका थिए। सो कार्यक्रममा सबल नेपालका तर्फबाट सिडा परियोजना संयोजक निरबहादुर आले र सुपरभाइजर दिपा चौधरी लगायतका सहभागिता रहेको थियो ।

















Discussion about this post