धनुषा/भदौ २२ गते। धनुषाको सीमावर्ती नगराईन नगरपालिका–६ स्थित धानको खेतमा बुधबार बिहान दुई युवतीको श व फेला परेको छ ।
प्रहरीका अनुसार मृ तक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने १८ वर्षीया पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि १९ वर्षीया आरती कुमारी महरा छन्। मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए।
घाँस काट्न गएका महिलाले उनीहरुको श व देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए।श वको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीहरुको श व पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि थप कुरा खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।





















Discussion about this post