भदौ २२ गते। स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना भारतीय महिलालाई प क्राउ गरेको छ ।
वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई प क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षाका लागि र थप अनुसन्धानका लागि प क्राउ गरिएको जानकारी दिए ।
पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले दिएपछि प्रहरीले उनीहरुलाई प क्राउ गरेको हो ।
उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए । प क्राउ परेका तीनै जना महिलालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।















Discussion about this post