धनुषा/भदौ १८ गते। धनुषामा एक नवविवाहिताको रह स्यमय मृ त्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका ८ किसाननगर टोल बस्ने जीवछ साहकी २० वर्षीया श्रीमती चन्द्रकला साहको रह स्यमय मृ त्यु भएको छ।
माइती पक्षले भने दाइजोको कारण छोरीको घाँटी थिचेर ह त्या गरेको दावी गरेका छन्। घटना शंकास्पद रहेकाले मृ तक चन्द्रकलाकी पति जीवछलाई प क्राउ गरेर अनुसन्धान अघि बढाएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।
ओछ्यानमै श व फेला पर्यो। झुन्डिएको हो कि भन्ने हाम्रो आशंका छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि यथार्थ कुरा खुल्छ’ डीएसपी क्षेत्रीले भने।
बिहीबार राति साढे १ बजे चन्द्रकलाको रहस्यमय मृ त्यु भएको हो। राति १ बजे चन्द्रकलाको ससुरा घरबाट छोरी एकदमै गम्भीर छ चाँडै आमाबुबा आउनुस् भनेर फोन आयो’ चन्द्रकलाका बुबा धनुषाधाम नगरपालिका २ पुनरदाहा बस्ने रामलखन साहने भने, ‘हामी डेढ बजे राति पुग्दा परिवारजनले तपाईंको छोरी मरि। सुतेको ओछ्यानमै मृ त्यु भयो भने।’
यति भनेपछि ओछ्यानमा हेर्न जाँदा चन्द्रकलाको मृ त्यु भइसकेको र घाँटी थिचेको जस्तो डाम देखिएको बुबा रामलखनको भनाइ छ।
चन्द्रकलाको गत मंसिरमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो। बुबा रामलखनका अनुसार दाइजोमा एउटा मोटरसाइकल बापत ४ लाख नगद, दुईतोला सुन र डेढ लाखको फर्निचरसहितको सामान दिइएको थियो।
केहि महिना अघिदेखि ज्वाइँ जीवछले विदेश जान थप दुई लाख रुपैयाँ दाइजो माग्दै आएको र सोही निहुँमा छोरीलाई कुट पिटसहित यातना दिने गरेको बुबा रामलखनले बताए।
त्यसरी यातना दिँदा एक महिनाअघि माइत पक्षबाट केही समाजलाई लिएर गई जिवछलाई सम्झाई बुझाइ गरिएको थियो।
त्यस यता पनि खटपट हुँदै आएकाले परिवारजन मिलेर छोरीको ह त्या गरेको बुबा रामलखनको दाबी छ। चन्द्रकलाको श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टम पश्चात घटनाको यथार्थ खुल्ने डीएसपी क्षेत्रीले बताए।





















Discussion about this post