अरुण यादव/राजविराज/भदौ ७ गते । बालबालिकाहरुको लागि बजेट बिश्लेषण बारे आज यहा कार्यक्रम सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेन र सवल नेपालको सहयोग तथा महिला बालबालिका तथा जेष्ट नागरिक शाखाको आयोजनामा आयोजित कार्यक्रममा बालबालिका सम्बन्धि बजेट बिश्लेषण गर्ने तरिका बारे जनप्रतिनिधि र कर्मचारीहरुलाइृ अभिमुखीकरण गर्ने, नगर स्तरमा बालबालिका संग सम्बन्धि बजेट बिश्लेषण गर्ने, अगामी आर्थिक बर्षको तर्जुमा बालबालिका संग सम्बन्धित सवालहरुलाई प्रत्यक्षिकीकरण गरी आपेक्षा तयार गर्ने सम्बन्धि सहभागिहरुलाई जानकारी दिइएको छ ।
खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरकिो प्रमुख अतिथियमा सम्पन्न भएको कार्यक्रममा खडक नगरपालिकाका सबै वडाका वडा अध्यक्ष,स्वास्थ्य शाखा,शिक्षा शाखा,,प्रशासन शाखाका प्रतिनिधि,नगर बाल संजाल लगायत सहभागिता रहेको थियो ।
कार्यक्रमका सहजिकरण भने सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक उमेश कुमार गुप्ताले गरेका थिए भने सबल नेपालका सिडा प्रयोजनाका संयोजक निरबहादुर आले,फिल्ड अधिकृत खडक नारायण चौधरी,रोशनी श्रेष्ठ, कार्यक्रम सुपरभाइजर अशोक कुमार साह र दिपा चौधरी लगायतको सहभागिता रहेको थियो ।

















Discussion about this post