सिरहा । सिराहाका लहान स्थित होटेल व्यवसायी प्रहरीका कारण चरम मारमा परेका छन् । विगतमा भएको जिल्ला उद्योग वाणिज्य संघ र प्रशासन बीचको सहमति कार्यान्वयन नहुदा होटल व्यवसाय धरासय हुने स्थितिमा पुगेको हो ।
जिल्ला उद्योग वाणिज्य संघ सिराहा लहानका अनुसार स्थानीय होटलमा राती १० :०० बजे सम्म मात्र मदिरा बिक्री बितरण तथा लोक राजमार्गका होटलहरुमा रात्री १२:०० बजे सम्म खाना बिक्री बितरण तथा खुवाउन सकिने स्थानीय निकाय, ईलाका प्रशासन कार्यालय , लहान तथा जिल्ला उधोग बाणिज्य संघ, सिराहा लहान बीच सहमति भएको थियो । तर उक्त सहमति कागजमा मात्र सिमित भएपछि व्यवसायीहरु मर्कामा परेका छन् ।
बेलुका ८ बजे नै सिटी बजाउदै प्रहरीले होटल बन्द गराउँदा लामो तथा छोटो दुरी चल्ने सवारीसाधनका यात्रु खान नपाएर सास्ती भोग्न बाध्य छन् भने उता होट्ल व्यवसायीले यसलाई प्रहरीको ज्यादतीको संज्ञा दिएका छन् ।
यस विषयमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिकास शारडाले पुनः विशेष पहल गरी व्यवसायीलाई सहजीकरण गर्ने बताएका छन् । शारडाले जिल्ला प्रशासन र प्रहरी संग निरन्तर सम्वाद भईरहेको बताएका छन् ।
साभार स्रोत डिएम खबर अनलाईन बाट

















Discussion about this post