nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रहरी प्रशासनकै मिलोमत्तोमा सप्तरीको बोदे बर्साईनका नाकामार्फत् तस्करी बढ्यो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०७९, ८:३४ मध्यान्ह
प्रहरी प्रशासनकै मिलोमत्तोमा सप्तरीको बोदे बर्साईनका नाकामार्फत् तस्करी बढ्यो

ई .उमेश कुमार साह/बोदे बर्साईन (सप्तरी )/श्रावण २७ गते । हिन्दूहरुको महान पर्व बिजया दशमी नजिकिएसँगै बोदे बर्साईनका नाकाहरुमा अहिले व्यापक तस्करी बढेको छ ।केही महिना देखि बन्द रहेका तस्करीहरु अहिले खुलेयाम हुन थालेको छ ।

बोदे बर्साईनको बोडरको सुभरनपट्टि, सोनापुर , बैरयाही, प्रीतमपुर हुदै बेल्ही , कोडरकट्टी, चन्हीलगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । भैंसीको तस्करीदेखि कबाडी तथा कपडाको तस्करीको लाइन खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको क्राइम टोली र सीमा खटेका प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ । सशस्त्र बिओपी कार्यालयमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरीको मिलोमतोमा रातिको समयमा विभिन्न कुख्यात तस्करहरुको सामान खुलेयाम नेपाल भित्रिरहेको छ ।उक्त क्षेत्रबाट तस्करी हुने गरेको छ भने चनही तथा सुभरनपट्टि नाकाबाट दिन दहाडै र रातीको समयमा भारती मोटरसाइकलमा खुलेआम कपडाहरु तस्करी हुने गरेको छ ।

भारतबाट साँझ तथा रातिको समयमा तस्करी गरिएका सामानहरुलाई तस्करहरुले बोदे बर्साईनको भाटिन , कुश्मुहार , मानराजा लगायतका स्थानहरुमा बनाएको गोदाममा राख्ने अनि त्यहाँबाट दिनदहाडै बोरामा प्याक गरेर चोर बाटो तथा हुलाकी मुख्य सडक हुँदै बोदे बर्साईन तथा राजमार्ग क्षेत्रमा रहेका केही व्यापारी तथा ट्रान्सपोर्टसम्म पु¥याउने गरेका छन् । उक्त कपडाहरु नेपालको विभिन्न सहररुमा पुग्ने गरेको छ । केही दिनअघिसम्म मात्रै प्रहरी प्रमुखको आगमनलाई मध्यनजर गर्दै तस्करहरुसँग प्रहरी चौकीका इन्चार्जहरुको मिलोमतो नभएकोले केही दिन तस्करी कार्य रोकिएको थियो तर, हाल आएर मिलोमतो भएपछि पुनः तस्करी कार्य शुरु भएको छ ।

भारतबाट तस्करी गरिएका सामानहरु बोदे बर्साईन हुँदै हुलाकी सडक , चोर बाटो क्षेत्रमा प्रवेश गर्ने गरेको छ ।यतिमात्रै होइन, तस्करहरुले दिएको महिनावारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म पुग्ने गरेको बताइएको छ । नयाँ प्रहरी प्रमुख आउने वित्तिकै तस्करीमा कडाई हुने अनि सेटिङ्ग भएपछि पुनः तस्करी हुने हुने बोदे बर्साईनका तस्करहरुको पुरानौ बानी नै हो । अहिले उक्त क्षेत्रबाट कपडा, हार्डवेयर लगायतका सामानहरु खुलेयाम रुपमा भित्रिने गरेको छ ।

प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतोमा आउने गरेको सामानलाई कसैले रोकतोक गर्ने गरेको छैन । प्रहरी प्रशासनको सेटिङ्गमा दैनिक, साप्ताहिक तथा मासिक रुपमा व्यपारीहरुसँग मोटो रकम लेनदेन गरी मुख्य भन्सार कार्यालयबाट नै प्रतिवन्धित खाद्यन सामग्री तथा अन्य उपभोग्य इलोक्टोनिक्स समानहरु नेपाल आउने गरेको श्रोतको दाबी छ ।

अबैध समान समेत लाखौको माल समान आउने गरेको एक स्थानीयले बताए ।नाम उल्लेख नगर्ने शर्तमा एक जना व्यापारीले प्रति महिना १५ हजार गरी बोदे बर्साईनका दुबै प्रहरी चौकीमा दिने गरेको बताए । ‘सशस्त्र बिओपीमा पनि मासिक २० हजार सम्म मानसिक प्रहरी चौकीमा १० हजारका दरले मासिक बुझाउने गरेको छु । त्यसैले हामीलाई कुनै डर छैन ।’ यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवत्ता एवंम डिएसपी माधव प्रसाद काफ्ले संघ कुरा गर्दा सम्पर्क हुन सकेन तर केही महिना अगाडि हामी यो बिषयमा कुरा गर्दा हामीलाई यो बिषयमा कुनै जानकारी नभएको बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि