धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा बला त्कार गरी एक १४ वर्षीया नाबालिकालाई गर्भवती बनाएको घटना सार्वजानिक भएको छ। बलात्कृत नाबालिकाका अभिभावकले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो।
प्रहरीले उजुरीको आधारमा बिहीबार बला त्कार आरोपित स्थानीय ५९ वर्षीय सोमबहादुर घिसिङ्गलाई प क्राउ गरेको हो। गत वैशाख ५ गते खर्साङ्गे डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती नाबालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जब रजस्ती क रणी गरेको प्रहरी जनाएको छ।
प्रहरीका अनुसार बलात्कृत नाबालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डर त्राश देखाइ पटकपटक जब रजस्ती क रणी गर्दै आएको उजुरीमा उल्लेख छ। घटनाको तीन महिनापछि शुक्रबार पीडित पक्षले बला त्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ। बला त्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।
नाबालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई प क्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। उनले पक्राउ परेका घिसिङ्गलाई जब रजस्ती क रणी मुद्दामा आज धनुषा जिल्ला अदालतबाट म्याद थप गराउने तयारी रहेको जनाए।
बला त्कृत नाबालिकाको स्वास्थ्य परीक्षण गराइने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।





















Discussion about this post