nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेस : दाइजो चुक्ता नगर्दा विवाह गरेको २७ दिनमै ‘बुहारी’ को ह त्या आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ९, २०७९, ९:०७ मध्यान्ह
मधेस प्रदेस : दाइजो चुक्ता नगर्दा विवाह गरेको २७ दिनमै ‘बुहारी’ को ह त्या आरोप

श्रावण ९ गते। रौतहटको वृन्दावन नगरपालिका–६ स्थित सिसवामा साउन २ मा सन्जुकुमारी दास मृत भेटिइन् । विवाह गरेको २७ औं दिनमा संसारबाट बिदा भएकी २० वर्षीया सन्जुको घाँटीमा  ‘डोब’ थियो ।

कटहरिया नगरपालिका–५ बस्ने रामचन्द्र दास तत्माले छोरीलाई वृन्दावन नगरपालिका वडा नम्बर–६ बस्ने चन्देश्वर दास तत्माको छोरासँग लगनगाँठो कसिदिएका थिए । तर, सो लगनगाँठो १ महिना पनि पुरा नहुँदै टुटेको छ । सन्जुको मृत्यु भएको रात घरमा १६ वर्षीया नन्द र ६० वर्षकी सासु मात्र थिए ।

श्रीमान, देवर र ससुरा हेटौंडामा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हेटौंडामा उनीहरुको कवाडी पसल छ । सन्जुका माइती पक्षले घरका सदस्यहरुको मिलेमतोमा घाँटी दाबेर हत्या गरिएको आरोप लगाएका छन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव दाहसंस्कार गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए । उनले भने–‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

साउन २ मा राति साँढे १० बजेदेखि १० बजेर ४५ मिनेटको बीचमा सन्जुको शंकास्पद मृत्यु भएको थियो । सन्जुले झुन्डिएर आत्महत्या गर्न खोजेपछि पासो आफुहरुले खुस्काएको सासु र नन्दले प्रहरीलाई बताएका छन् ।

सन्जुका दाई राम प्रवेशले नन्द र सासुको कुरा अस्वीकार गरेका छन् । दाइजो चुक्ता गर्न नसक्दा बहिनीको हत्या भएको सञ्जुका दाई रामप्रवेश दासले जिकिर गरेका छन् । रातोपाटीसँग कुरा गर्दै रामप्रवेशले भने– ‘२ लाख ५० हजार दाइजो रकम दिन बाँकी थियो त्यहि बारेमा बहिनीलाई तनाव दिएर हत्या गरिएको छ ।’

बिहेमा धेरै खर्च गरेको हुनाले खोजेर दाइजो रकम चुक्ता गर्छु भनेर आफुले ज्वाईंलाई भनेको बताउँछन् राम प्रवेश । उनले भने–‘ कतैबाट खोजेर दिन्छु भनेको थिएँ ।’  मृत्युअघि सञ्जुले आफुलाई फोन गरेको र छटपटाएर ‘दाई मलाई बचाउनु’ भन्ने आवाज आएको राम प्रवेशले दावी गरेका छन् । सन्जुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डिएसपी मल्लले बताए ।

पीडित पक्षले परिवारका सदस्यहरु विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । घटनाबारे इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको छ । 

साभार स्रोत-रातोपाटी

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

इंग्ल्याण्डलाई सेमिफाइनलमा लग्ने बेलिङघम, जसले तोडे पेले र म्यारोडनाको किर्तिमान

इंग्ल्याण्डलाई सेमिफाइनलमा लग्ने बेलिङघम, जसले तोडे पेले र म्यारोडनाको किर्तिमान

सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम

आजको मौसमः आज पनि चार प्रदेशमा भारी बर्षा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!