सिरहा/श्रावण ७ गते। सिरहाको गोलबजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको श व फेला परेको छ।
उक्त श व गोलबजार नगरपालिका-९ डन्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।
शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा श व पनि देखिएको बताइएको छ । प्रहरी र सेनाले श व निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली बोलाएर श व निकाल्ने प्रयास भइरहेको छ।
इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

















Discussion about this post