जनकपुरधाम/श्रावण ३ गते। धनुषाको बटेश्वर गाउँपालिकामा एक इन्जिनियरले काम नगरी तलबभत्ता लिने गरेको पाइएको छ ।
रौतहट घर भएका शौरभ कुशवाहा बटेश्वर गाउँपालिकाका करार इन्जिनियर कहिल्यै कार्यालय आउने गरेका छैन । तर, तलबभत्ता भने बुझिरहेको एक कर्मचारीले बताए ।
पछिल्लो पटक इन्जिनियर कुशवाहा एकैदिन तीन महिनाको हाजिर गरेर तलबभत्ता बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले इन्जिनियर कुशवाहालाई एकैदिन तीन महिनाको हाजिर गराएर तलबभत्ता खुवाएको एक कर्मचारीले बताए ।
साभार स्रोत-नेपाल प्रेस अनलाईन बाट
















Discussion about this post