nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम : प्रेम विवाह गरी युवतीको ह त्या प्रयास, १०दिनपछि आयो होस

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०७९, १२:०९ मध्यान्ह
जनकपुरधाम : प्रेम विवाह गरी युवतीको ह त्या प्रयास, १०दिनपछि आयो होस

शैलेन्द्र क्रान्ति/जनकपुरधाम/असार २ गते। प्रादेशिक अस्पताल जनकपुरधामको सर्जिकल वार्ड। बेड नम्बर १४०। जीवन मरणको दोधारमा उनको श्वास चलेको छ। बेडमा छटपटाइरहेकी राधिकाका न आफन्त छन्, स्याहार गर्ने कुरुवा नै।

१० दिनपछि होसमा आएकी उनलाई जेठ १६ गते राति ८ बजे धनुषा प्रहरीले अस्पताल भर्ना गरेको थियो।करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा जनकपुरको थापाचोकस्थित एक घरबाट उद्धार गरेर प्रहरीले अस्पताल पुर्‍याएको थियो। अहिले उनलाई​ अस्पतालकै स्वास्थ्यकर्मी र सुरक्षा गार्डले उपचार र स्याहार गरिरहेको छन्।

उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार ती युवतीको दुवै हात, दुवै गोडा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन्।अहिले उनलाई​ अस्पतालकै स्वास्थ्यकर्मी र सुरक्षा गार्डले उपचार र स्याहार गरिरहेको छन्।

उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार ती युवतीको दुवै हात, दुवै गोडा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन्।

१० दिनपछि होस आएपछि मसिनो स्वरमा अलिअलि उनी बोल्न थालेकी छन्। उपचारमा संलग्न चिकित्साअनुसार घटनाको प्रकृति हेर्दा उनले दोस्रो जीवन पाएकी हुन्।

ती युवतीको नाम राधिका कार्की हो। सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नं. २ बस्ने डम्बर कार्कीकी छोरी हुन् राधिका। 

‘घरको छतमाथि एक्लै बस्ने गरेकाले प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गरिदियो। ठीक भएपछि उहाँ जानु भयो’, धनुषाका डीएसपी प्रदीप बहादुर क्षत्रीले भने, ‘सिन्धुली प्रहरीको सम्पर्कमा पुगेको थाहा थियो। मैले लगेर भेटाइदिनु भनेको थिएँ। पछि के भयो थाहा भएन, बुझ्नु पर्छ’ 

डीएसपी क्षेत्रीको नजरमा यो घटना एकदमै समान्य हो। त्यसैले अस्पताल भर्नापछि प्रहरीले उनको घटनाबारे चासो चिन्ता राखेको देखिँदैन। तर, घटनाको प्रकृति र राधिका होसमा आउँदा दिएको बयानले उनको बर्बतापूर्वक ह त्याकै प्रयास भएको छ।

राधिका अस्पताल भर्नाप्रश्चात चासो नराखेपछि घटनाको अनुसन्धान र दोषी को भन्ने तिर प्रहरी लाग्ने कुरै भएन। 

बेलाबेला स्थानीय सेक्युरिटी गार्ड हर्कबहादुर लामा अन्य अर्का सेक्युरिटी गार्डले राधिकालाई औषधि, खाना खुवाउने, दिसापिसाव गराउनेसहित हेरविचार गरिरहेका छन्।

सेक्युरिटी गार्ड लामाले राधिकाका आफन्त सम्पर्कमा आए पनि उनलाई यस्तो अवस्थामा हेरविचार गर्ने कोही नआएको बताए। 

‘३/४ दिन यता अलि अलिक होस आउँदा बोल्न थालेकी छन्। बेवारिसे अवस्थामा रहेकाले हामीले हेरविचार गरिरहेका छौं। उनले दोश्रो जीवन पाएकी छन्,’ लामाले सुनाए।

‘औषधोपचार प्रादेशिक अस्पतालले निःशुल्क गरिदिएको छ। उनको कोही नभएका थाहा पाएपछि औषधि, उपचार, चेकजाँच सबै हामीले निःशुल्क गरेका छौं’ अस्पताल प्रमुख डा. केडी दासले भने। राधिकाको शरीरको ६ ठाउँमा लागेको करेन्टको गहिरो घाउले जलेको छ।

केही भागलाई काटेर हटाउनु पर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘करेन्ट लागेका केही भागहरु जलेको छ। केहीको अप्रेशन गरिसक्यौँ। १/२ वटा अप्रेसन अझै गर्नुपर्छ। केही गोडा र हातका औँला पनि काम नलाग्ने हुन सक्छ। हामी प्रयासरत छौं, उनको एउटा औँला पनि काट्नु नपरोस् ,’ डा. यादवले भने। 

राधिकालाई कसले गर्‍यो। यस्तो हालत? राधिका जीवनको ठूलो संकटसँग जुधिरहेकी छन्। प्रेमीले यो अवस्थामा पुर्याएको उनी बताउँछिन्।

राधिकाले आफ्ना प्रेमी करिब २८ वर्षीया रोशन साहले नै आफूलाई ह त्या गर्ने प्रयास गरेको बताइन्।

राधिकाका अनुसार रोशनको घर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर हो। प्रेम विवाह गरी जनकपुरको थापाचोकस्थित डेरामा दुवैजना ८ महिनादेखि बस्दै आएका छन्।

जेठ १६ गते समान्य विवाद हुँदा रोशनले साँझ ७ बजे बिजुलीको तारले पहिला खुट्टामा करेन्ट लगाए। बेहोस भएपछि हात, पेटमा लगाए आफूलाई मार्ने प्रयास गरेको राधिकाले सुनाइन्। 

‘समान्य विवाद भएको थियो। रोशनले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए। म बेहोस भएपछि कहाँ के गर्यो। मलाई थाहा भएन। कसरी हस्पिटल पुगेँ त्यो पनि थाहा पाइनँ। होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् । घटना भएकै बेलादेखि रोशन बेप त्ता छन्।

प्रहरीले उनको सोधखोज गरेको छैन। राधिका र र रोशन बस्ने कोठा तीन तल्ला माथि छ। छतमा भएको एउटै कोठामा सँगै बस्ने गरेकाले विवादबारे अरुले तत्कालै जानकारी नपाएको राधिका सुनाउँछिन्। 

एकवर्ष अघि खोटाङमा राधिका र रोशनको चिनजान भएको थियो। त्यो चिनजान प्रेममा बदलियो। राधिका र रोशनले सँगै मर्ने बाँच्ने कसम खाए।

८ महिना अघि रोशनले आफूसँग प्रेम विवाह गरेर जनकपुरको थापाचोकमा सँगै राखेको राधिकाले बताइन्। 

राधिकाका अनुसार रोशनले केही दिन जनकपुरको डेरामा बस्ने त्यसपछि आफ्नो घरपरिवारमा लग्ने वचन दिएका थिए। 

त्यही विषयमा राधिकाले अब ८ महिना भयो कहिले घर लाग्नु हुन्छ जिज्ञासा गरेपछि विवाद भएके उनले सुनाइन्।

रोशन कपडा पसलमा आफू काम गर्ने गरेको बताए पनि सो विषयमा राधिकालाई केही थाहा छैन। रोशनले आफूलाई जनकपुरकै केही  होटेल र हस्पिटलमा काम लगाएको राधिकाले बताइन्।

रोशनले काम छाड्न भनेपछि तीन महिनादेखि आफू कोठामै बस्ने गरेको राधिकाले सुनाइन्। प्रेम विवाह गरेर आफूलाई ह त्या प्रयास गर्ने रोशनमाथि कडा कारबाही हुनुपर्ने राधिकाको माग छ। 

‘प्रेम विवाह गरेर ८ महिना मेरो यौ न शोषण गरे। वाचाअनुसार घर लग्न भनेपछि निर्मतापूर्वक मेरो शरीरको अंगहरूमा करेन्ट लगाएर एक प्रकारले मेरो ह त्या नै गरे। मैले दोश्रो जीवन पाएकी छु। रोशनमाथि कडाभन्दा कडा कारबाही होस्’, उनले भनिन्। 

राधिकाले आफ्नो न्यायका लागि पहल गरिदिन सबै पक्षसँग गुहार गरिन्। धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले होसमा आएकी घाइते युवतीसित बुझेर घटना विषयमा अनुसन्धान अघि बढाउने बताए।

साभार स्रोत-नेपालखबर बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!