जनकपुरधाम/असार १ गते । मधेस सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप अनुदान दिन ७५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले छात्रालाई प्रविधिमा पहुँच बढाउन ल्यापटप अनुदान दिन सो बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको पनि बताए । उनले भने- अब कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न सिधा विद्यालयमा बजेट पठाइनेछ ।















Discussion about this post