असार १ गते। एक १६ वर्षीया किशोरीमाथि सामुहिक बला त्कार गरी जब रजस्ती गर्भप तन गराइएको पाइएको छ ।
बाराको प्रसौनी गाउँपालिका-५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिका-२ का अन्दाजी २५/२६ वर्षीय भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामुहिक बला त्कार गरेका अनुसन्धानबाट खुलेको छ ।
बला त्कारपछि गर्भवती भएकी किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डा. ओम प्रकाश महतोकोमा लगेर गर्भ पतन गराएका हुन् । राति अचेत बनाएर गर्भ पतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीले आफूमाथि भएको ज्यादतिबारे अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको हो ।
आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भ पतन गराउने डाक्टर महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डा. महत्तो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पीडित किशोरीको आइतबार दिउँसो प्रादेशीक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए । पीडित किशोरीकी आमाका अनुसार, बला त्कार तीन महिना पहिले भएको भए पनि आरोपित युवकले ज्या न मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु-कर्मबारे कसैलाई पनि जानकारी गराएकी थिइनन् ।
तर, दुई दिन पहिले अचानक महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकलाई भेटेर आफू गर्भवती भएको जानकारी गराएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जब रजस्ती डाक्टर महत्तोकोमा लगेर गर्भ पतन गराएको किशोरीले बताएकी छन् ।















Discussion about this post